Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

म, उ भएर हेर्दा (कविता) -श्रीकृष्ण खड्का

म, उ भएर हेर्दा (कविता) -श्रीकृष्ण खड्का

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
  साच्चै, आज उ मौन छ उ भित्रका शाहस अनि आँटका ज्वारहरु फेरी त्यो, बुलन्द कहलिने उस्का आवाजहरु, सब मौन छन् कहिले लाचार हुदै त कहिले निशब्दतामा रुमल्लिदै त्यो भिडलाइ उपदेशको छिट्टा सरी बेमतलबी अनि बेमुल्य उ त्यसै त्यसै लखेटिएको छ कतै बाध्यताले त कतै विबशताले बेनाम कुनै शहरका अस्थिरपञ्जरभित्र शायद उस्का सपना लत्याइएका हुदाँ हुन् अनि निर्मम बलत्कृत पनि जो निन्द्रामा नतमष्तक भैकन पनि चेतनशील उर्जामा फक्रदै थियो लाग्छ, उस्का इच्छा र आकांक्षहरु दविएका हैनन, दाबिएका छन् लाग्छ, उ मन र मष्तिस्कबाटै जेलिन छ, म उस्का भावना अनि चाहानाका गतिशिल डोबमात्रै देख्छू, अनि अविरल आसुँ झर्दा परेका गालाका टाटाहरु लाग्छ उस्का पाइला पाइलामा परीस्थितिले दरो कुठाराघात गरेको छ । उस्का सोच र सवलताका प्रदर्शनलाइ त्यो समाजले औँला तेस्र्याएको छ । अनि बारम्बार जुरमुराउने उस्का अदम्य शाहसलाइ दुस्साहसी चरित्रले काँडेतार लाएको छ हो, उस्का आत्मविश्वासका गह्राहरुमा अनि विवेकी मनका विशाल फाँटहरुमा जहातहा उस्ले बेजोड तुषारापात भोगेको छ जहाँ तिरस्कारका तिखा बाणले बारम्बार आहत रोपेको छ यस्तो लाग्छ उस्का शाहस दुर्बल हुदैछन्, मन खरो अनि व्याकुल निष्किृय हातगोडा, अनि लाटो जिब्रो कानो आँखा उ पटक पटक मौन छ प्रहार गर्न न कुनै प्रतिशोध, गुहार मागौत न कुनै अवसर उ स्थिरतामा लटक्कै जमेको छ अझै सदाझै उ फेरिपनि मौन छ एकटक, स्थिर, शान्त तर गम्भिर उ स्मृतिमा इतिहासका पाना पल्टाउदै हिडेका गल्लीका पाइला पछ्याउदै आफ्ना मानसपटलका कोमल तन्तुलाइ प्राकृतिक शुन्यतामा बारम्बार अनुत्तरित प्रश्नका प्रतिध्वनी सुनाउछ ए विशाल र विकराल भैकन पनि एक्लिएका समाजहरु ए उन्नत र विकसित भैकन पनि भास्सिएका लतहरु ए होशियार र चलाख भैकन पनि चुकेका पाइलाहरु ए वौद्धिक र कुशल भैकन पनि विवेकहिन भएका प्राणिहरु अनि ए उदार र स्वतन्त्र भैकन पनि गुम्सिएका मष्तिस्कहरु आखिर तिमी पतित भएको कुरा कहिले स्वीकार्छौ । नेपाल टेलिकम   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - १३:०९:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend