कोरोनाको डर हुन्छ यस्तो बेला नआऊ प्रिय
घरभित्र जे छ खाऊ बजारको नखाऊ प्रिय
योग गर ध्यान गर व्यायामहरू सबै गर
तन्दुरुस्त बनी बस भाइरस भगाऊ प्रिय
अत्यावश्यक काम परी बजारमा जानै परे
अरुबाट परै बस मुखमा मास्क लगाऊ प्रिय
ज्वरो आई छाती दुखी सुख्खा खोकी लागिरहे
अस्पताल पुगी छिटो लक्षणहरू बताऊ प्रिय
यति सबै गर्दा पनि कोरोनाले छोयो भने
धूवाँ धुलो पचेकै हो त्यस्लाई पनि पचाऊ प्रिय ।
- रामपुर न.पा. -५ पाल्पा हाल : तानसेन ।
(कृष्णा भण्डारी कँडेलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)