Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

निष्ठुरीलाई के थाहा चोखो मायाको महत्व -हिउँकला 'हाँसी'

निष्ठुरीलाई के थाहा चोखो मायाको महत्व -हिउँकला 'हाँसी'

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
मुक्तक - १ आमाको माया कति अपरम्पार छ ! र त नारीको जीवन दु:खको भार छ ! सम्झिनेले तिर्थ औंसीमा नै किन सम्झिनु, र किन ? बुझ्दैनन् आमा छन् र त संसार छ ! मुक्तक -२ केको खुसी अनि केको हर्ष कोरोना आएपछि! फेरि पनि आयो नयाँ बर्ष कोरोना छाएपछि! नयाँ साल भनेर कसरी खुसीयाली हुनु हामीले, हामी सारा नेपालीले पाउनु दु:ख पाएपछि ! मुक्तक -३ बैगुनीको पछि पछि कहिल्यै लागेर हुँदैन ! फेरि व्यर्थै रात र दिन पनि त जागेर हुँदैन! निष्ठुरीलाई के थाहा चोखो मायाको महत्व, र त धोकेबाजहरूको पछाडी भागेर हुँदैन ! मुक्तक -४ सफल काम बनिरहोस् हाम्रो शुभकामना । उच्च भावना रहिरहोस् हामो शुभकामना !! जन्मेको कोख एउटै नभए पनि तर हाम्रो, मित्रता सधैं अजम्बरी चलिरहोस् शुभकामना! मुक्तक -५ यो कोरोनाले केही गर्ने त हैन सोचमा छु! कतै आफैलाई नि सर्ने त हैन सोचमा छु! हिजैबाट टाउको अनि आँखा दुखेर हैरान् फेरी अकालमै हामी मर्ने त हैन सोचमा छु! - कैलाली, हाल : अछाम     ( हिउँकला 'हाँसी'का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - १४:३७:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend