Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राहतको पोको (लघुकथा) - सीता बिष्ट कार्की

राहतको पोको (लघुकथा) - सीता बिष्ट कार्की

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
  धेरै दिनदेखि रश्मीको घरको चुलो बल्न छाडेको थियो । कोभिड -१९ले देशमा लकडाउन भयो । रश्मिले आफ्नो नियमित काम भाडा, कपडा धुने काम पनि लकडाउनसँगै बन्द भयो । अब उस्को नियमित आम्दानी पनि रोकियो । मालिक्नीले पनि आफूले काम गरेको दिनसम्मको मात्र तलब दिएकी थिइन् । भोलिबाट रश्मी आइन । लकडाउनको एक हप्तापछि रश्मीले मालिक्नीलाई फोन गरी, "दिदी भोली हाम्रो क्षेत्रतिर पनि राहत सामग्री बाँड्दै छ रे हो र ?, हजुरलाई पनि यो कुराको मेसो छ कि भनेर सोधेको !" मालिक्नीले भनिन् , "मलाई थाहा भएन एक पटक आफै गएर बुझ्दा हुन्छ नि !" रश्मी उसको साथी सीमालाई लिएर राहत बाँड्ने ठाउँ खोज्दै गए, जाँदा-जाँदा एउटा लामो भीडसितको मान्छेको लाइन बाटोमा देखे । त्यो भीडलाई सोधे , "यो केको लाइन हो ?" "केको लागी आउनु भको र ?" प्रतिप्रश्न पो गरे लाइनमा बस्नेहरूले । रश्मीको साथीले फेरी सोधी, "यो राहत पाइने ठाउँ हो र ? " उनीहरू गलल हाँसे किन भने लाइन निकै ठूलो थियो । "दश घण्टा बसेर भए पनि राहत त लैजानु पर्छ है सीमा ।" रश्मीले भनी । राहत लैजान भनेर झोला पनि ठूलो बोकेर गएका थिए । लाइनमा हुँदा रश्मीले मनमनै सोची रही , लकडाउनसम्म काम गर्ने ठाँउमा नआउने भनेका छ्न् , रश्मीको घरमा बच्चाहरू दुई वटा साना साना छ्न्, बुढो ज्यामी उसलाई पनि ठेकेदारले ज्याला दिएको रहेन छ । "राहत कति दिने हुन् ? लकडाउन पनि लम्बिरहेको छ, काम गर्ने ठाउँमा लकडाउन खुलेपछि पनि नबोलाउने पो हुन् कि ?" आदि कुराहरू रश्मीको मनमा खेलिरहेका थिए । एक्कासी लाइनमा बस्ने र राहत बाँडनेको बीचमा झगडा पो हुन थाल्यो , राहत दिने मानिसहरूलाई निहुँ चाहिएको थियो , अब हामी राहत बाँड्न सक्दैनौ भनेर ढ्याम्म ढोका लगाएर हिँडे । रश्मीको दुबै आँखा धमिला भए , राहतको पोकोले उसलाई हिर्काए जस्तै भयो , घरको चूलो आज पनि बल्ने भएन । - गोङ्गबु , काठमाण्डौ । (सीता बिष्ट कार्कीको यो लघु कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/UzL5FOvCu7g

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - १४:५५:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend