Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आखिर स्वयम् अस्तित्त्व- कवि नै ! (कविता) - आर बि निश्चल

आखिर स्वयम् अस्तित्त्व- कवि नै ! (कविता) - आर बि निश्चल

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
  आदिसँगै अन्त्य पनि बनाएको छ अस्तित्त्वले अनन्त ब्रह्माण्डसँगै अनन्त ब्ल्याक होल पनि जन्माएको छ अस्तित्त्वले ! फुल्न-फक्रिन मात्रै पाउने रहेछ र सधै जीवन-फूलले कहाँ ? झर्नु पनि पर्ने रहेछ ओइलिएर यसले अनि मिल्नु पर्ने रहेछ माटोमा ! थाहा छैन अझै कति-कति जीवन-फूल चुँडेपछि अघाउने हो यो नोवेल कोरोना ! चन्द्रकला नि चढ्दै-चढ्दै पुग्छ पूर्णिमामा अन्ततः मेटिन्छ त्यो पुगेपछि औँसीमा! औँसी नै अन्त्य होइन शशी - जीवनको हुन्छ शुरू नित्य फेरि शशी -जीवनको! फलामलाई चुम्बकले झैँ जबर्जस्ती तानेर निल्दै छ ब्रह्माण्डलाई ब्ल्याक होलले ! यो ब्रह्माण्ड फिंज झैँ निमेषभरमै अचानक उठ्छ अनि बिलाउँछ र, मिल्छ आखिर अस्तित्त्व-नदी मै ! तर पनि रोकिने छैन कसै गरी यो अस्तित्त्व- नदीको प्रवाह र गति ! किनकी आनन्दले पुलकित भई छर्दछ अनन्त तारापुञ्जका बिज आखिर स्वयम् अस्तित्व - कवि नै ! - रिब्दिकोट-७ , मैनादी, पाल्पा। मो. ९८४७०६८१२५ [email protected]     (आर बि निश्चलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - १५:१६:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend