Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अनेसास पोर्चुगलको नवौ अधिवेशनबाट नया कार्य समितिको गठन

अनेसास पोर्चुगलको नवौ अधिवेशनबाट नया कार्य समितिको गठन

नेप्लिज डायस्पोरा

२०, बैशाख २०७७
images
शान्ति अर्याल अधिकारी अनेसास पोर्चुगलको नवौ अधिवेशनबाट नया कार्य समितिको गठन गरिएको छ । स्पन्दन बिनोदको अध्यक्षतामा बरिष्ट उपाध्यक्ष बद्री बाबु पोखरेल, उपाध्यक्ष सवी श्रेष्ठ, उपाध्यक्ष बिशेष अत्रेय, महासचिव अर्जुन बाराहाली सचिव, शम्भू सिल्वाल र कोषाध्यक्ष बिजय गुरुंग, सह- कोषाध्यक्ष बिमला (बिध्या )आचार्य रहेको समिति गठन गरिएको छ । सदस्यहरुमा यादव देवकोटा अरून भेटवाल सागर साह नविन पाण्डे रमेश भट्टराई शान्ती अर्याल ऋतु पाख्रीन तामांग दिव्यकान्त उप्रेती सोम अनुराग बस्नेत स्मिता सत्याल र किरण लिम्बू रहेका छन् । एनआरएनए पोर्चुगलका आईसिसि सदस्य रविन अधिकारी क्षत्री निर्वाचन संयोजक रहेको समितिमा सदस्य सचिव कृष्ण कडेँल जिज्ञाशु र सदस्य संजय लामा रहेका थिए । कार्यक्रम अनेसास पोर्चुगलका महासचिव स्पन्दन बिनोदले संचालन गरेको कार्यक्रमका सभापति अनेसासका अध्यक्ष वाई वी गुरुग रहनुभएको थियो कार्यक्रमका अनेसास केन्द्रका उपाध्यक्ष सुनिल संगम प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अनेसासको संरक्षक मकर हमाल र सल्लाहकारहरुमा सुनील संगम रविन अधिकारी नारायणकाजी मगर तिलक गैरे वाई वी गुरुंग रहनुभएको छ । पोर्चुगिज सरकारले जारी गरेको सोसियल डिस्टान्सको मान्यतालाई जारी राख्दै नव कार्य समिति घोषणा सभा सम्पन्न गरिएको थियो ।  

images
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - ०८:००:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend