Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शहरमा गाडी बङ्गला छ प्रिया(५ मुक्तकहरू)- सन्ताेष समर्पण

शहरमा गाडी बङ्गला छ प्रिया(५ मुक्तकहरू)- सन्ताेष समर्पण

नेप्लिज डायस्पोरा

२०, बैशाख २०७७
images
    मुक्तक - १ डोको समाऊ नाम्लो समाऊ अरु के गर्छ्यौ जंगल जाऊ स्याउला ल्याऊ अरु के गर्छ्यौ स्कुल जाऊभन्दा बिच बाटोबाटै फर्कने तिमी, अब, भैसी पाल दूध खाऊ अरु के गर्छ्यौ ? मुक्तक - २ कोमल मुटु कठोर बनी जानु पर्ने भयो मन दुख्यो छाती पोल्यो दनदनी जानु पर्ने भयो जोसँगसँगै जिउने मर्ने कसम खाएको थिएँ आज उसैको बिहेमा मैले पनि जानु पर्ने भयो । मुक्तक - ३ लगाएर आउँछु बरु कोट,पैन्ट,टाई कसो नमान्लान् दुबै मिली गरौला फकाई फुलाई कसो नमान्लान् टन्नै धन सम्पत्ती छ शहरमा गाडी बङ्गला छ प्रिया, तिम्रा बा'आमाले मलाई ज्वाइँ कसो नमान्लान् । मुक्तक - ४ छोडेर मेरो घर आगन कतै नजानू सम्हालेर राख्नु त्यो मन कतै नजानू बाध्यताले म परदेशिएँ भने प्रिया, सम्झेर,खाएका ती वचन कतै नजानू मुक्तक - ५ एउटै कुरा सोचिँरहन्छु हर दिन फरक पर्दैन भए पनि जिन्दगी गन्तव्य विहीन फरक पर्दैन बस जिन्दगीभर यसरी नै माया गर्न पाउँ प्रिय,, बरु,हुनै परे तिमी आकाश म जमिन फरक पर्दैन । - बित्थडचिर गा.पा.-१ बझाङ्ग हाल : दक्षिण भारत । (सन्ताेष समर्पणका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)     https://youtu.be/KgpdhJ_GhaQ     https://youtu.be/FsbfT31jZFc  

images
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - ०८:३७:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend