Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

थुप्रै काण्डहरू सेलाए - दिल भण्डारी दिलिप (५ मुक्तकहरू)

थुप्रै काण्डहरू सेलाए - दिल भण्डारी दिलिप (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२०, बैशाख २०७७
images
  मुक्तक -१ सत्ताभित्र भएकाे दम्भ अनि बल कहिलेसम्म हाे जनताले दिएकाे प्रश्नकाे हल कहिलेसम्म हाे सुन काण्ड वाइडबडी हुँदै थुप्रै काण्डहरू सेलाए विकास कार्यमा पनि सधै असफल कहिलेसम्म हाे ? मुक्तक -२ देशमा जे जे गर्छ चमत्कार बहुमतकाे सरकार गर्छ कराेडौ अरबौकाे भ्रष्टाचार बहुमतकाे सरकारले गर्छ बाहिर चिल्लाे कुरा गर्नेहरुका भित्र अनेकौं रुप छन् महिला हिंसा र दुर्व्यवहार बहुमतकाे सरकारले गर्छ । मुक्तक -३ अरे मेराे देश नेपालमा त दिन-दिनै चमत्कार हुन्छ दाेषी पनि कानुनकाे नजरमा हेर बफादार हुन्छ सत्य कुरा सधै लुकाएर झुटाे कुराकाे पर्दाफास गरी समाजिक सञ्जालमा तहल्का मच्चाउने सञ्चार हुन्छ । मुक्तक -४ एकै व्यक्तिबाट गल्ती यहाँ लगातार हुँदैछ जनताकै अगाडि खुलेयाम भ्रष्टाचार हुदैछ नेपालकाे मुटु भनी चिनिने राजधानीमा सयौं नेपाली चेलीहरूकाे व्यापार हुँदैछ । मुक्तक -५ छाक टार्नकै लागि परिवार बिरानाे बनाएको हुँ प्रवासमै बसेर अाेत छेक्ने छानाे बनाएको हुँ साहुकाे ऋणले भिजेकाे बा अामाका ती नयन संघर्ष गरेर दुःख पिर सही अाेभानाे बनाएको हुँ । पु .न .पा .हाट -१ बैतडी हाल : भारत । - दिल भण्डारी दिलिपका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)    
https://youtu.be/KgpdhJ_GhaQ   https://youtu.be/FsbfT31jZFc

images
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - ०८:३२:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend