Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

यूरोपमा एक दिने खोज पत्रकारिता तालिम सम्पन्न

यूरोपमा एक दिने खोज पत्रकारिता तालिम सम्पन्न

नेप्लिज डायस्पोरा

२०, बैशाख २०७७
images
शान्ति अर्याल अधिकारी पोर्चुगल नेपाल पत्रकार महासंघ यूरोप शाखा अन्तर्गत पोर्चुगल शाखा र बेल्जियम शाखाको संयुक्त आयोजनामा एकदिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइनको माध्यमबाट बिभिन्न देशमा बसोबास गर्ने र पत्रकारितामा रुचि राख्ने वा पत्रकारिता गरिरहेका ३८ जनालाई घरमै बसी बसी तालिम लिने अवसर प्रदान गरिएको थियो । शाखाले यस अगाडि पनि प्रवासमा पत्रकारिता बिषय तालिम सम्पन्न गरिसकेको छ। सहजकर्ता द्धय खोज पत्रकारिता केन्द्र नेपालका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्मा र नेपाल पत्रकार महासंघ नेपालका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक शिब गाउले खोज पत्रकारिता के हो ? कसरी गरिन्छ ? यसको सिमा के के हुन ? कस्ता बिषय बस्तु छनौट गर्ने नेटवर्क कस्तो हुनुपर्छ ? सुरक्षित पत्रकारिता गर्ने तरिका अन्तर्वार्ता लिने शैली र प्रवासमा रहेर कसरी पत्रकारिता गर्ने लगायत बिबिध बिषयहरु माथि सहजीकरण गर्नु भयो । सहभागीहरूले राखेको जिज्ञासा मेटाउदै द्धय सहजकर्ताहरुले पत्रकार तल्लो तहदेखि माथिल्लो तहसम्म पुगी सबै तहका मान्छेको आवाज लाई बोल्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले प्रवासमा रहेर पनि पत्रकारिता गरिरहेका पत्रकारहरुलाई धन्यवाद दिनुभयो । वहाँले पछिल्लो समय प्रेस र पत्रकारहरूमाथि हस्तक्षेप बिरूद्ध एकताबद्ध भै आवाज उचो बनाउदै ब्यबसायक बन्न सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गर्नु भयो। कार्यक्रम पोर्चुगल शाखा संयोजक योगेन्द्र छन्त्यालको संचालन र बेल्जियम शाखाका संयोजक ओम शर्माको अध्यक्षतामा सम्पन्न भयको हो ।

images
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - १३:४८:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend