Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - दलु रिजाल

गजल - दलु रिजाल

नेप्लिज डायस्पोरा

२५, बैशाख २०७७
images
  यो नयाँ तरिका हो फसाउने जमर्को देखिन्छ खास दोषी लुकाइन्छ, दोषी अर्को देखिन्छ सधैं मन्दिर गएर लोभको भाँडो भरिएन भने पुज्ने गरेको त्यो मूर्ति पनि पत्थरको देखिन्छ करोडौं के गर्छौ साँचेर, थोरै दुःखीलाई देऊ मरेर जाँदा लिने कात्रोको एक सर्को देखिन्छ ईश्वरले भन्नुहुन्छ होला आश्चर्य लाग्छ मलाई जन्म मनुष्यको हो, जन्मियो थरको देखिन्छ माया प्रेम र बिहे, दासको जरो हो नगर्नुहोस् भविष्यमा आफ्नै जिन्दगी नोकरको देखिन्छ - दङ्गिशरण -२, दाङ । (दलु रिजालको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - १५:५१:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend