Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

भाइरसको त्रास (कविता) - सुशिल बस्याल

भाइरसको त्रास (कविता) - सुशिल बस्याल

नेप्लिज डायस्पोरा

२५, बैशाख २०७७
images
  घरमै बसी खाँदा खाँदै भातले मताउँछ चरी झैं डुल्न मन छ भाइरसले सताउँछ भाइरस निर्मुल नहुँदासम्म डुल्नु हुँदैन सरकारबाट आएको आदेश भुल्नु हुँदैन जे आउँछ नियमहरु आखिर हाम्रै लागि हो लकडाउन भयो भनेर चिन्ता लिने किन हो ? यो संवेदनशिल समयमा राम्रो काम होला राहत बाँड्ने कोषमा नहोला कि ? घोटाला एकतामा बल भन्छन् सहयोग गर्नु दु:ख पर्दा ईश्वरबाटै शक्ति आउँछ दु:खीलाई मद्दत गर्दा प्रकृति पनि के भएको भयसित डुलेछ असारे झरी बैशाखमा पर्यो समय नै भुलेछ यस्तो बेला भ्रष्टाचार गरी ,गरेमा चलखेल गल्ती गर्नेलाई खोजी गरी हाल्नुपर्छ जेल समय अलि जोखिम छ बिचार गर्नुपर्छ आफूले जानेका कुरा सबै माझ छर्नुपर्छ । - बगनासकाली - ८ बराङ्गदी, पाल्पा । २०७७ बैसाख १२ सुशिल बस्यालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - १५:५४:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend