Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अर्कै भयो के गरुँ ? (कविता) - लाेकविक्रम मल्ल

अर्कै भयो के गरुँ ? (कविता) - लाेकविक्रम मल्ल

नेप्लिज डायस्पोरा

२५, बैशाख २०७७
images
छन्द : शार्दूलविक्रीडित तिम्रो याद समस्त याे नयनमा घुम्दैछ फाेटाे बनी बढ्दै चाह मिठासका तवरले डुल्दैछ प्यारो बनी । दिन्छौं प्यार मिसेर टम्म ममता यो धीत मर्ने गरी मायाको दहमा डुबाउनु सधैँ चुर्लुम्म डुब्ने गरी ।।१।। मेरा लागि हरेक बार महिना माया सदा सर्बदा माया प्रेम सदैव हुन्छ मलिलो फल्ने सधैँ उर्वरा । राखेको छु भरेर प्यार दिलमा नापेर हेर्छाै भने प्यारा जाेख तराजु या लिटरमा चाेखाे छ हेर्ने भए ।।२।। मेरा काेमल भावना अधिनमा कब्जा गरेरै बसी बाडुल्की हिक हिक्क रातदिन याे दर्ता गरेरै मरी । उस्कै चाह बढेर यो ढुकढुकी बढ्दै गयो के गरुँ भुल्नै सक्तिन के भयो असर याे अर्कै भयो के गरुँ ।।३।। छातीमा रहने उनै विगतकी प्यारी कता छाै कता प्याराे याद बनेर दुख्छ मनमा सम्झन्छु मैले सदा । कालाे बादल घेर्छ यी नयनमा देख्दैन काेही अरू भुल्नै सक्तिन के भयो असर याे अर्कै भयो के गरुँ ।।४।। छाती च्वास्स , सुकेर अाेठ मुख याे खुल्दैन दन्तै पनि मैले भुल्न अनेक काेशिस गरे सक्तैन कस्तै पनि तिम्रा याद सबै झिकेर मनका लैजानु ए निष्ठुरी सक्छौ घाउ पुरेर याे वदनका गैजानु ए निष्ठूरी ।।५।। - अजयमेरु -३ डडेल्धुरा ।   (लाेकविक्रम मल्लको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - १५:५९:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend