Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - झविन्द्र देवकोटा

गजल - झविन्द्र देवकोटा

नेप्लिज डायस्पोरा

२५, बैशाख २०७७
images
  सधैं सादा जीवन उच्च विचार छ गुरूमा शान्ति फैलाउने ज्ञानकाे भण्डार छ गुरूमा चाेटिला काव्य, महाकाव्यकाे बाढी बगाउन साहित्य सृजनाका अनुपम हतियार छ गुरूमा सरलता भित्रकाे सरलतामा रमेर गाउँमा अाकार भित्रकाे ज्ञानमा निराकार छ गुरूमा ज्ञानकाे अाशिर्वाद लिनका लागि याे झविन्द्रले दण्डवत प्रणाम गर्दा, देख्छु संसार छ गुरूमा अज्ञानताका महल ढलुन हजुरका चरणमा शब्द गुच्छाकाे सम्मान अनि उपहार छ गुरूमा - तानसेन -३ पाल्पा ।  (झविन्द्र देवकोटाको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - १६:१८:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend