Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रकाश घायलका ५ मुक्तकहरू

प्रकाश घायलका ५ मुक्तकहरू

नेप्लिज डायस्पोरा

२५, बैशाख २०७७
images
मुक्तक - १ पत्थरको दिल हुनेलाई घोचेर कहाँ घोचिन्छ सिनो हो गन्ध फैलिन्छ छोपेर कहाँ छोपिन्छ रोगको डरले भन्दा भोक प्यासले सताएपछि, छताछुल्ल हुन्छ आक्रोश रोकेर कहाँ रोकिन्छ ? मुक्तक - २ बिनाशकारी भुकम्पले बहत्तरमा घर बाहिर बसायो प्राणघातक कोरोनाले छयत्तरमा घरभित्र पसायो रोग अनि प्रकृति प्रकोपले सताएको यस्तो बेलामा , सरकारी अध्यादेशले प्रति-उत्तरमा दुनियाँ हँसायो । मुक्तक - ३ चिसो पनि उस्तै छ बैशाख हो या पुस बुझ्ने कसरी झन् बढ्दो छ व्यवहारिक उकुसमुकुस बुझ्ने कसरी विकासको कुरा गर्छन् योजनामा मोलमोलाइ गर्छन् , टेबुलमुनीको कारोबार उपहार कि घुस बुझ्ने कसरी ? मुक्तक - ४ सीधाकुरा लेख्छु भन्यो कलम अन्तै बाङ्गी दिन्छ बेथितिको मलजल पर्दा भ्रष्टाचार झाङ्गी दिन्छ जतिसुकै महंगो पहिरनले लाज ढाक्न खोजे पनि, नैतिकताको धरातलमा मान्छे आफै नाङ्गी दिन्छ । मुक्तक - ५ वसन्तमा गुराँससँग बैँस पैचो मागुँ लाग्छ झस्का दिलमा पसेपछि बादल सँगै भागुँ लाग्छ सम्झौता नै रैछ जीवन ~हैरान पार्यो सपनाले , दुखम् सुखम् उनीलाई मनमन्दिरमा राखुँ लाग्छ । - फुटुङ्ग,काठमाडौ । (प्रकाश घायलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) https://youtu.be/XUGK-avEnDE https://youtu.be/gZWJ0wGPdiQ https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख २५, २०७७ बिहिवार - १७:१६:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend