Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

स्मृतिको चित्र (कविता) - मिरा न्यौपाने गजुरेल

स्मृतिको चित्र (कविता) - मिरा न्यौपाने गजुरेल

नेप्लिज डायस्पोरा

२६, बैशाख २०७७
images
रङ्गिएर प्रकृतिको सुन्दर रङ्गभित्र कोरी हृदयले स्वरूपको एक चित्र खोजी मनले अधीर हर याम याममा आशा मिलनको मधुर पूर्ण विराममा अहो! ती लता लहराको सुगन्ध बीच सङ्गीतको धुन मीठो चराचुरूङ्गीसित त्यो नील गगनमाथि रवि खुलेको मभित्र दिव्य कान्तिको सपना झुलेको त्यो शान्तिको वनभित्र कताकता हराएँ छताछुल्ल भै पोखिई भावमै औधी रमाएँ कलकल बगेकी मन्दाकिनी मन्द शैलजामा प्रीतिका फूल फूली नुहुँदै लज्जा लज्जामा स्वपना देख्ने मनका यी दुई नयन माझ खुलाउँदैछु लौ तनको अति भित्री राज टिपेर फूल प्रीतको ती हातले चुल्ठो माझ प्यारासॅग जुटेको सम्झन्छु माधूर्यको साँझ । - तिनकुने काठमाण्डौ ( मिरा न्यौपाने गजुरेलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/XUGK-avEnDE

images
प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - १५:०९:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend