Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बिचल्ली(कविता) -सुशील बस्याल

बिचल्ली(कविता) -सुशील बस्याल

नेप्लिज डायस्पोरा

२६, बैशाख २०७७
images
  महङ्गी नि माथी माथी अति चढ्या छ दिन प्रतिदिन संक्रमितको संख्या बढ्या छ खानै नपाई भोकमरीले जनता मर्या छन् बिचल्ली छन जनता अझै चौरमा चर्या छन् । हाँसो लाग्दो राहत हाम्रो सरकारले बाँड्छ हुन त ! भन्छन् मह काढ्नेले हात चाट्छन् राहत कहिले आउला भनी जनता कुर्छन् राहत कोषको रकम खोइ ! कसले तुर्छन् ? कोरोनाले तर्साएको बेला यस्तो के भयो ? साउने झरी बैशाखमा पो आई रहयो खेतापाती थन्काउने बेला पानी बर्सियो लकडाउनले मानिसलाई बिचल्ली बनायो। बिश्वभरी मान्छेलाई अल्पायुमै मार्नु मार्यो लकडाउनले मान्छेलाई बनायो गारो ! कोरोनाको सन्त्रास जताततै फैलियो !! भाइरस रोकथाम गर्न बालियो दियो !!! - बगनासकाली - ८ बेलौतिखरक ,पाल्पा । (सुशील बस्याल को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/XUGK-avEnDE   https://youtu.be/PAxrMcYKOcg

images
प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - १५:१२:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend