Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अनेसास पोर्चुगलको आजिबन सदस्यता खुल्ला

अनेसास पोर्चुगलको आजिबन सदस्यता खुल्ला

नेप्लिज डायस्पोरा

२८, बैशाख २०७७
images
लिस्बन, पोर्चुगल अन्तराष्ट्रिय नेपाली साहित्य समाज, अनेसास पोर्चुगलले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली भाषी साहित्यकर्मी तथा साहित्य अनुरागीहरूलाई अनेसास संस्थाको आजीवन सदस्यता फर्म भर्न खुल्ला गरेको छ। नेपाली भाषा र साहित्यलाई माया गर्ने वा साहित्य प्रति रुचि राख्ने पोर्चुगल बासी सम्पूर्ण नेपालीहरुलाई अनेसास को आजिबन सदस्यता लिन आग्रह गरिएको हो ।आउदै गरेको केन्द्रको अधिवेशनलाई समेत मध्यनजर गर्दै आउदो मे २३ सम्म सदस्यता लिन अनुरोध गरिएको संस्था का महासचिव अर्जुन बाराहालीले बताउनु भएको छ । तोकिएको समयसम्म सदस्यता लिने ब्यक्तिले केन्द्रको अधिवेशनमा मताधिकार प्रयोग गर्न सक्ने प्रावधान समेत रहेको अनेसास पोर्चुगलका नव निर्वाचित अध्यक्ष स्पन्दन बिनोदले जानकारी गराउनु भयो । गत साता मात्र लक्ड डाउनको नियम पालना गरी अनेसास पोर्चुगलले ९ औँ अधिवेशन गरी नयाँ कार्यसमिति घोषणा गरिएको थियो । नयाँ कार्यसमिति गठन भए लगतै अनेसास पोर्चुगलले अनलाईन सम्वाद लगायतका साहित्यिक गतिबिधि अगाडि बढाएको छ।

images
प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १५:५५:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend