Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अमेरिकामा अफ्ठेरो परेको भए एनआरएनएको सम्पर्क गर्न अध्यक्ष सुनील साहको सार्बजनिक अपिल

अमेरिकामा अफ्ठेरो परेको भए एनआरएनएको सम्पर्क गर्न अध्यक्ष सुनील साहको सार्बजनिक अपिल

नेप्लिज डायस्पोरा

३०, बैशाख २०७७
images
एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकामा रहेका नेपालीहरुलाई अफ्ठेरो परेको भए आफुहरुको सम्पर्कमा आउन आग्रह गर्नु भएको छ । साहले एक अपिल जारि गर्दै यो जानकारी दिनु भएको हो । साहले कोभिड–१९ को संक्रमणको प्रकोपले बढी प्रभावित हाम्रो नेपाली समुदायका सदस्यहरुलाई सबै मिलेर सकेको सहयोग गरिरहेका बताउदै सेवामा सक्रिय सबै नेपाली ब्यक्ति र संघ संस्थाको प्रशंशा गर्नु भएको छ । साहले भन्नुभएको छ, "प्राथमिकताका आधारमा वर्गिकरण गरी बढी सहयोगको खाँचो रहेको हाम्रो समुदायका सदस्यहरुलाई गच्छे अनुसारको सहयोग गर्न तपाई हामी हातेमालो गरिरहेकैं छौं ।" अध्यक्ष साहले अन्तराष्ट्रिय उडान बन्द हुँदा अमेरिकामा नै रोकिनु परेको बिषयप्रति दु:ख व्यक्त गर्नु भएको छ । "संघको सम्पर्कमा आउन नसक्नुभएका वा संघले सम्पर्क गर्न नसकिरहेको कोही हुनुहुन्छ भने सम्पर्क राख्न स्वयं व्यक्ति वा परिवारमा अनुरोध छ अथवा तपाई जो कोहीले पनि जानकारी गराई सहयोग गर्न पनि अनुरोध गर्न चाहन्छु । संघले सक्दो सहयोग गर्ने पुन: स्मरण गराउन चाहन्छु ।" अध्यक्ष साहले सार्बजनिक अपिल गर्नु भएको छ । साहद्वारा जारी अपिल यसप्रकार छ: आदरणीय अमेरिकाबासी आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु सबैमा नमस्कार । अहिले विश्वनैं कोभिड–१९ भाइरसको संक्रमणले प्रभावित छ । अमेरिकामा बस्दैं आएका तपाई हामी पनि यसबाट प्रभावित भएका छौं । कोभिड–१९ को संक्रमणको प्रकोपले बढी प्रभावित हाम्रो नेपाली समुदायका सदस्यहरुलाई तपाई हामी मिलेर सकेको सहयोग गरिरहेका छौं । आवश्यकतालाई प्राथमिकताका आधारमा वर्गिकरण गरी बढी सहयोगको खाँचो रहेको हाम्रो समुदायका सदस्यहरुलाई गच्छे अनुसारको सहयोग गर्न तपाई हामी हातेमालो गरिरहेकैं छौं । गैर आवासीय नेपाली संघ, अमेरिकाले कोभिड–१९ भाइरस संक्रमणको सुरुवाती चरण देखिनैं नेपाली समुदाय केन्द्रीत कार्यक्रम तथा सहयोगी अभियानहरु चलाउँदैं आएको छ । अहिले पनि संघले समस्यामा रहेकालाई सक्दो सहयोग गरिरहेकैं छ । संघको सम्पर्कमा आउन नसक्नुभएका वा संघले सम्पर्क गर्न नसकिरहेको कोही हुनुहुन्छ भने सम्पर्क राख्न स्वयं व्यक्ति वा परिवारमा अनुरोध छ अथवा तपाई जो कोहीले पनि जानकारी गराई सहयोग गर्न पनि अनुरोध गर्न चाहन्छु । संघले सक्दो सहयोग गर्ने पुन: स्मरण गराउन चाहन्छु । यसका साथैं विभिन्न प्रयोजनले अमेरिकामा छोटो अवधिका लागि आउनुभएका आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरु अन्तराष्ट्रिय उडान बन्द हुँदा यहा रोकिनु परेको छ । यसले गर्दा उहाँहरुमा परेको असर प्रति दु:ख व्यक्त गर्दछु । र उहाँहरु लगायत लकडाउनका कारण कामविहिन हुनुभएकाहरु वा अन्य कुनैं कारणले होस् जो नेपाल फर्कन चाहनुभएको छ उहाँहरुलाई समेत नेपाल फर्काउनका लागि संघको तर्फवाट पहल गरिएको पनि जानकारी गराउन चाहन्छु । साथैं यहाँ रहँदा तात्कालिक रुपमा देखापरेका औषधी सकिएको जस्ता समस्याहरु भएको भएपनि निसंकोच संघलाई सम्पर्क गर्न पनि अनुरोध गर्दछु । र अन्त्यमा, अहिलेको विषम परिस्थितिलाई तपाई हामीसँगैं मिलेर नेपाली समुदायको निम्ति अघि बढौं भन्ने आग्रह गर्न चाहन्छु । र यो विपत्को अवस्थामा फ्रन्टलाइनमा रहेर सेवा गर्नुहुने चिकित्सक, नर्स, स्वयसेवी साथीहरु सबैंमा हार्दिक आभार समेत व्यक्त गर्दछु । धन्यवाद । जय एनआरएनए अमेरिका । सुनील साह अध्यक्ष गैर आवासीय नेपाली संघ, अमेरिका

images
प्रकाशित मिति :बैशाख ३०, २०७७ मंगलवार - १८:४८:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend