Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुम्बईमा नेपालीको विचल्ली ! - शालिकराम भण्डारी

मुम्बईमा नेपालीको विचल्ली ! - शालिकराम भण्डारी

images
शालिकराम भण्डारी मुम्बई । कोरोना भाइरसको सर्वाधिक संक्रमणको शिकार भएको भारतको मुम्बईमा हजारौं नेपाली अलपत्र परेका छन् । झण्डै २० हजार संक्रमित रहेको शहरको बीचमा आफुहरु बस्नु पर्दा ज्यादै निराश हुनुपरेको छ । मुम्बैइमा मात्रै हज्जारौ मान्छेको ज्यान गइसकेको अवस्था छ । यदि नेपाल सरकारले चासो लिएन भने भोकमरी र रोगका कारण भोलिका दिनमा हजारौ नेपाली नमर्लान् भन्न सकिन्न । कथम कदाचित परदेशमा हाम्रो मृत्यु भएमा नेपाल सरकार तथा अन्य नेताहरुले गोहीको आशु चुहानुको कुनै अर्थ हुदैन । त्यसैले बेलैमा समाधानको उपाय निकालियोस् । नेपालमा मेरो घर र स्याङ्जाको गल्याङ नगरपालिकामा हो । म सहित स्याङ्जाका यहाँ धेरै जना छौँ, जो आजको आजै नेपाल फर्कन चाहन्छौँ । महिनौदेखि आफ्नो देश फर्किन खोज्दा पनि नपाएर अहिले हामी यहाँ विचल्लीत अवस्थामा छौँ । त्यसैले केन्द्रीय सरकार र स्थानीय सरकारले तत्काल हामीलाई उद्धार गरुन् । हामी कुनै गलत कार्य गरेर भाग्न, लुक्न यहाँ आएका होईनौ । बाध्यताले आर्थिक उपार्जनका लागि विदेशी भूमिमा रगत पसिन बगाउनु परेको हो । विदेशबाट जाने सबै नेपाली अपराधि हो त ? हामीलाई गिद्धे नजरबाट किन हेरिन्छ ? हामीले ईन्डियाबाटै कमाएर आफ्ना बर्ष परिवाहरु जेनतेन पालेका छौ । सरकारलाई ट्याक्स पनि दिएकै छौँ । यो हजुरहरुले किन बुझ्नु हुन्न ? मुम्बैईमा नेपालीको अवस्था ज्यादै चिन्ताजनक छ । कम्पनीहरु बन्द भएसँगै धेरै नेपालीहरु सडकमा पुगेका छन् । धेरै जनासँग भएको पैसा पनि सिद्धिएकाले खान बस्न पाएका छैनन् । पानी र बिष्कुटको भरमा बाच्न बाध्य छौँ । शुरुका दिनमा भारत सरकारले पनि खाने व्यवस्था गरेको थियोे । तर सिमानाको जग्गा विवाद चर्किएपछि यहाँ रहेका नेपालीहरुको थप विचल्लनी भएको छ । अस्तीसम्म सहयोगी रहेका नेपालीहरुलाई अहिले यीनीहरुले सत्रुतापूर्ण व्यवहार गरेका छन् । समुदायमा कोरोना विस्तार सँगै नेपालीहरु पनि संक्रमित हुने संभावना वढ्दो छ । हामीहरु सक्दो छिटो नेपाल आउन चाहान्छौँ । नेपालका क्वारेन्टाइनमा बसेर आवश्यक चेकजाँच गरेर ठिक भएमात्रै आफ्नो घर जान्छौं । यदि लकडाउनका शुरुका दिनमै आफ्नो देशमा आउन पाएको भए सुरक्षित हुन सकिन्थ्यो । तर अब गाह्रो छ । नेपाल सरकारका विभिन्न निकायहरुसँग सम्पर्क गर्दा कुनै सहयोग पाईदैन । स्थानीय सरकारसँग हारगुहार गर्दा पनि कुनै सुनुवाइ भएको छैन । आफ्ना नागरिकहरुलाई दुःखमा सहयोग र सुरक्षा गर्नु सरकारको दायित्व होईन र ? बरु मर्नु परे पनि नेपाल मै मर्न चाहान्छौं । हामीलाई सक्दो छिटो नेपालमा आउने वातावरण मिलाउन सम्वन्धीत सवैलाई हार्दिक अपिल गर्दछु । हाल भारतको मुम्बई

images
प्रकाशित मिति :जेठ ७, २०७७ बुधवार - ००:००:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend