Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

झुटको खेती (लघुकथा) - राजु क्षत्री अपुरो

झुटको खेती (लघुकथा) - राजु क्षत्री अपुरो

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
भरिएका फारममा सही विवरण नभेटिएपछि सचिवले उसलाई आफ्नो कार्यालयमै डाकेर फट्कारा लगाउँदैँ भने - "तथ्याङ्क सङ्कलनका लागि हाम्रा कर्मचारी आउँदा सहि र सत्य तथ्याङ्क भराउनु पर्दैन ? " "किन के भयो र सर ?" - उसले बुझेर पनि बुझ पचाउने कोशिस गर्‍यो । " "अझ के भयो भन्छौ ? आफू भाडामा बसेको घरलाई आफ्नै हो भनेका छौ, बाउ अवकाश प्राप्त हवल्दार हुन् , इन्स्पेक्टर भनेर लेखाएका छौ, तिम्रो एक रोपनी पाखोबारी र एक हलको धानखेत बाहेक अरु खासै जमिन छैन । यहाँ कागजमा दश रोपनीका मालिक भएका छौ । एस.एल.सि. पास तिमी बि.ए. पास भनेर लेखाएका छौ । यस्तो पनि गर्न हुन्छ ? "- आफ्नो कार्यक्षेत्रका बासिन्दाहरू प्राय: जसोको राम्रै जानकारी राख्ने सचिवले पुन: हकारे । सत्य तथ्य पत्ता लागेपछि ऊ मौन भयो । "हेर भाइ , सरकारलाई आफ्नो जे छ, जस्तो छ सबै विवरण सहि सहि बताउनुपर्छ । यसरी गलत बताइदिँदा त तिमी धनीको लिष्टमा सुचिकृत हुन्छौ र राज्यबाट पाउने सेवा सुबिधाबाट बन्चित हुन पनि सक्छौ । ल भन ,आखिर यो गलत तथ्याङ्क किन लेखायौ ? - उनले सम्झाउँदै सोधे । ऊ केही बोल्न खोज्दै थियो। त्यै बेला कोही भित्र पस्यो । उसले पुलुक्क हेर्यो । ऊ लाजले भुतुक्कै हुँदै शिर निहुरायो । तथ्यांक सङ्कलनमा फाराम भर्ने उनै युवती थिइन् । - माछापुच्छ्रे गा.पा. लाहाचोक, कास्की ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १६:४१:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend