Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टेबुलमुनीको कारोबार उपहार कि घुस बुझ्ने कसरी -प्रकाश घायल (५ मुक्तकहरू)

टेबुलमुनीको कारोबार उपहार कि घुस बुझ्ने कसरी -प्रकाश घायल (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
मुक्तक - १ जिन्दगीको मूल्य त अभावमा जिउँदा पो थाहा पाएँ आँसु पनि नशा झै लाग्दोरहेछ पिउँदा पो थाहा पाएँ जसको गर्‍यो विश्वास उसैले विश्वासमा घात गर्‍यो , विश्वासघातले मन फाट्दो रैछ सिउँदा पो थाहा पाएँ । मुक्तक - २ लौरो उतै बिर्सियौँ कि आफू खोला तरेपछि दिलको घर भत्काएर अन्त बसाइ सरेपछि मनको वागमा ढकमक्क सपना जो फूलाएथे, रित्तै भयो यो जिन्दगी मायाको फूल झरेपछि । मुक्तक - ३ चिसो पनि उस्तै छ बैसाख हो या पुस बुझ्ने कसरी झन् बढ्दो छ ब्यवहारिक उकुसमुकुस बुझ्ने कसरी विकासको कुरा गर्छन् योजनामा मोलमोलाइ गर्छन् , टेबुलमुनीको कारोबार उपहार कि घुस बुझ्ने कसरी ? मुक्तक - ४ तराई हाम्रो बाँच्ने आधार हिमाल् शिर थियो छातीभित्र पहाडको गुराँस फूल्ने भिर थियो, नदि नाला डाँडाकाँडा कलेजोमा राख्छु सधैं, सिमानामा सोझ्याएको दुश्मनको तिर थियोे । मुक्तक - ५ खोज्न पर्छ भने खोज्नु यथार्थता टुक्रिएको दिलमा छ जस्तोसुकै कुरा गरे पनि परिस्थिति झन् मुश्किलमा छ कहिले दु:खको खात देख्छु कहिले सुखको मात लेख्छु जिन्दगी भोगाइको परिभाषा उल्लेखित तपशिलमा छ । फुटुङ , काठमाण्डौ ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:१३:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend