Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

के भयो यस्तो (कविता) - रमेश भट्टराई

के भयो यस्तो (कविता) - रमेश भट्टराई

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
  छन्द : शार्दूलविक्रीडित ल्यायो सङ्कट एकसाथ सबमा यो दिव्य संसारमा छायो यो कसरी हुवानभरिमा पार्दैछ दोधारमा। ठान्दैथ्यौ अमरत्व आखिर तिमी हार्यौ यहॉं बेसरी पुग्दा मंगल चन्द्रमा दिनदिनै ठान्यौ खुबै उन्नति ॥१॥ बढ्दै धेर थियो रवाफ उसमा अज्ञानताले गरी गर्दैथ्यो कि अधीनमा छ भनी ब्रह्माण्डमा हुन्डरी। आधा ज्ञान छचल्किदै छ अबता आधा घडा नै सरि लड्दैछौ कि अझै घमण्ड दिलमा राखी नराम्रो गरी॥२॥ हामी मानवको बुझे प्रियकला हुन्छौं सुखी सार्थक चढ्नेछौं गिरिमा प्रसन्न दिलले राखेर इच्छा तब। बुझ्नेछौ कति शक्ति हुन्छ सबले यो एकतामा अब देखाएर गरौं न अग्रसरता सङ्कल्प राख्दै सब ॥३॥ साच्चैं यानहरू उडेर गतिले जान्छन् सधैँ व्योममा हामी कर्म गरौं प्रणम्य गतिलो सद्भावले विश्वमा। श्रद्धाले अघि बड्नमा सफल हौं उत्साह राखीकन हामी साहसले सधैँ अघि बढौं उर्जा उघारीकन ॥४॥ लौ छायो मनमा तनाब यसरी आतिन्छ मेरो मन राखी धार्मिक धारणा हृदयमा हामी बनौ सज्जन। त्यागौं दुर्जनता समस्त जनले हून् भावना पावन हामी पूर्ण गरौँ सुरम्य सपना प्रज्ञा उघारीकन ॥५॥ - पाल्पा अर्गली हाल : लिस्वोन,पोर्तुगल ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:३०:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend