Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एकदिन अवश्य तिम्रो रहर पूरा हुन्छ -धन प्रसाद पुन 'दीपशिखा' (५ मुक्तकहरू)

एकदिन अवश्य तिम्रो रहर पूरा हुन्छ -धन प्रसाद पुन 'दीपशिखा' (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
मुक्तक - १ साँघुरो बाटोमा पाइला चाल्दैछु वैरीले तेर्साएको काँडा फाल्दैछु औंसीको अन्धकार रातमा पनि गन्तव्यमा पुग्न पाइला चाल्दैछु । मुक्तक - २ अविरल बगिरहने कञ्चन खोला जस्तो आफ्नाले बेलाबेलामा दिने सोला जस्तो भो मायाको कारोबार बन्द गर निरमाया तौलिएर बिक्री गर्ने सुनको तोला जस्तो । मुक्तक - ३ आकाशमा पूर्णिमाको चम्किलो जून चौतारीमा बज्न थाल्यो मादलुको धुन बाल्यकालमा सँगसँगै मेलापात गरेको कहाँ भुल्न सकिन्छ र मायालुको गुन । मुक्तक - ४ काट्ने हतियारमा धारिलो छुरा हुन्छ कहिलेकाही हाम्रो फोनमा कुरा हुन्छ मेरै पर्खाइमा बाटो हेरेर बस्नु मायालु एकदिन अवश्य तिम्रो रहर पूरा हुन्छ । मुक्तक - ५ सित्तैमा पाए दश थाल पनि कोच्नु हुन्छ नेता भएर किन आफ्नो मात्र सोच्नु हुन्छ अरे गरीबको पनि धेरै थोरै इज्जत होला किन तीखो वचनले बारम्बार घोच्नु हुन्छ । - बागलुङ ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:३५:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend