Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बम हानिदिऊँ झै लाग्छ -टि.आर. शर्मा 'अथकमनु' (५ मुक्तकहरू)

बम हानिदिऊँ झै लाग्छ -टि.आर. शर्मा 'अथकमनु' (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
मुक्तक - १ समस्या उत्पन्न भयो गम्भीर देशको लागि अब त सोच्नैपर्छ लिएर पीर देशको लागि सीमा मिच्ने दुस्मन संग रगतकै होली खेलौँ बरु हाँसेरै चढाई दिउला शिर देशको लागि । मुक्तक - २ बास्तविक सत्य, तथ्य यथार्थ पुरा किन लेख्दैनन् रोइरहेको लिपुलेक, लिम्पियाधुरा किन लेख्दैनन् मन्त्री हिँडे डुलेको खाए पिएको लेख्ने पत्रकारले देशको सिमाना मिचिएको कुरा किन लेख्दैनन् ? मुक्तक - ३ सहिदैन गरिएको मनोमानी हामी फिर्ता ल्याउँछौँ छातीमा खुकुरी भाला हानी हामी फिर्ता ल्याउँछौँ युवालाई अवसर दिएर त हेर ए डरपोक सरकार ? मिचिएको लिपुलेक,कालापानी हामी फिर्ता ल्याउँछौँ मुक्तक - ४ भित्तामा तस्वीर सजाएर स्वागत गर्ने मन छ बाजागाजा घन्काएर स्वागत गर्ने मन छ गाउँघर पसी भोट माग्ने भ्रष्टाचारी नेतालाई जुत्ताको माला लगाएर स्वागत गर्ने मन छ । मुक्तक - ५ अब सरेर अगाडी एक कदम हानिदिऊँ झै लाग्छ सबै एक साथ हुने गरी खतम हानिदिऊँ झै लाग्छ स्वास्थ्य सामग्री चोरी हुँदा मौन बस्ने सरकारको मन्त्रालयभित्रै गएर बम हानिदिऊँ झै लाग्छ । - टि.आर. शर्मा'अथकमनु' वनगाड कुपिण्डे न.पा.- २ सल्यान

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:४६:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend