Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

करोडको कार्पेट र खाडीका नेपाली -नरेश सेन

करोडको कार्पेट र खाडीका नेपाली -नरेश सेन

नेप्लिज डायस्पोरा

१९, जेठ २०७७
images
करोडको कार्पेट र खाडीका नेपाली  -नरेश सेन

हामीलाई पनि हाम्रो राष्ट्रपति ट्रम्प जस्तै एकल हवाइजहाजमा नेपालको झण्डा फरफराएर घुम्न जाउन् भन्ने लाग्छ । विदेश भ्रमणमा जाँदा हजारौ सिआडी १ हप्ता अघि नै त्यो शहर कब्जा गरेर हाम्रो प्रधानमन्त्रीको सुरक्षामा खटेर देशको शिर ठाडो पारेको हेर्न मन लाग्छ ।

हामीलाई हाम्रा लिडरहरु गर्जेको के हामीलाई मन पर्दैन होला त ? निश्चय नै लाग्छ । तर, के यो समय १ करोडको कार्पेट फेर्ने समय हो ? होइन, कुरो जाबो १ करोडको कार्पेटको होईन पर्यो भने हाम्रो लिडरहरुलाई हाम्रो ज्यान हाजिर छ ।

कुरो यूएइबाट नेपाल जान चाहने १८,७७२ नेपालीको हो । कुरो यूएइमा राहत खाएर बसेकाले कोभिडको टेष्ट रिपोर्ट कसरी पेश गर्नेको हो । कुरो महिनौदेखि काम नभएर राहतमा पाएको दाल चामल खाएर नेपाली आकासमा आशा खोजेको नेपालीको हो जसले जनयुद्धमा बा गुमायो अनि आमा आफै क्यान्सरसंग हस्पिटलमा लड्दै छिन जसले ढुग्रीं बेचेर छोरोलाई टिकट पठाइदिने स्थिती नभएको पिडाको हो ।

कुरो माइतीले दाइजो दिएको मंगलशुत्र बेचेर आफ्नो प्यारालाई विदेश पठाएकी श्रीमतीको हो जो घाँस काट्न जाँदा रुखबाट लडेर विस्तरामा श्रीमानलाई कुरेर बसेकी छिन...।

यस बखत, एक नेपालीलाई यूएइबाट नेपाल जान लगभग ३ हजार दिराम चाहिन्छ र यस बेला हरेक आमा, हरेक श्रीमती, हरेक छोरो, हरेक छोरीले नेपाल सरकारबाट केही आशा गरेका थिए । त्यो १ करोडले १०७ जनाको उडान भथ्र्यो, हाम्रो कल्याणकारी कोषको प्रयोग गर्न सकिन्थ्यो तर गरेनन ।

अहिले मुटुलाई दुई हातले थामेर अब पैसाको जोहो गर्नुस भन्नु परेको छ, हामीले । हजुर, बस् त्यति नै हो । कार्पेटको डाह होइन, देश हाक्ने व्यक्तिहरुले हामी प्रति गरेको व्यवहारको गुनासो हो । हामी पनि तिम्रा सन्तान हौ, हामीलाई माया गर भन्ने आव्हान हो ? खाली कसौडी ओदानमा राखेर कुनै पनि आमा ढाकाको चोली किन्न शहर पस्दैनिन..।

(नरेश सेनको फेसबुकबाट |सेन एनआरएनए युएइका उपाध्यक्ष हुनुहुन्छ।)

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - २१:४०:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend