Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कालापानीमा चन्द्र शमसेरले दिएको आदेशमा (आदेश सहित)

कालापानीमा चन्द्र शमसेरले दिएको आदेशमा (आदेश सहित)

नेप्लिज डायस्पोरा

२४, जेठ २०७७
images
कालापानीमा चन्द्र शमसेरले दिएको आदेशमा (आदेश सहित)

काठमाडौं। हाल भारतले भोगचलन गर्दै आएको कालापानी क्षेत्रका छाङरु र गर्व्याङका गाउँलेबीच भोगचलनको विषयमा विवाद हुँदा चन्द्रशमसेर राणाले विसं १९६६ ताका एउटा निर्देशन जारी गरे। सो निर्देशन अहिले नेपाल सरकारसँग सुरक्षित छ जो भविष्यमा भारतसँग हुने सीमा वार्तामा नेपालले प्रमाणको रुपमा पेश गर्ने छ।

१९६६जेठ ३ गते जारी निर्देशनमा भनिएको छ,‘मिलेर भोगचलन गर्नु, तिरोभारो नियमित गर्नु, तिमीहरू दुवै मेरा रैती हुन्’ । इतिहासकारका अनुसार त्यतिखेर गर्व्याङ गाँउ नेपाल र भारत दुवैतिर थिए । गर्व्याङ गाउँका बासिन्दा नेपालतिर पनि बस्थे । नेपालतीर बसेका गर्व्याङ र छाङरुवीच विवाद हुँदा चन्द्र शमसेर राणाले उक्त निर्देशन जारी गरेका थिए । निर्देशनबाट प्रष्ट हुन्छ, छाङरु, नाभी, कुटी, गुञ्जी गाँउ नेपालका हुन्।

गर्व्याङ गाँउ अहिले भारतको उत्तराखण्डमा पर्छ । तर २०२४ साल अघिसम्म साविकको दार्चुला जिल्लाको व्यास पञ्चायतअन्तर्गत गर्व्याङ गाउँका मोहनसिंह बुढाले २०२४ सालमा दार्चुला भूमिसुधार कार्यालयमा जग्गाको ७ नम्बर फाँटवारीमा बाली बुझाएका थिए । बाली बुझाएको प्रमाण अहिले सरकासँग सुरक्षित छ । यसैगरी २०३५सालसम्म नाभी,गुञ्जी, तथा कुटी गाँउका बासिन्दाले बाली तिरेको रसिदहरु नेपाल सरकारसँग सुरक्षित छ । ती रसिदहरुमा जग्गाको विवरण समेत राखिएको छ ।

२०३५सालमा रतन बुढा (तिङ्कर),पन्छयौरा बुढा(बुदी), मोहनसिंह बुढा (गर्व्याङ), हरिसिंह बुढा (गुञ्जी) र हरिकृष्ण बुढा (नाभी)ले बाली बुझाएको लगत रसिद सरकारसँग सुरक्षित छ ।

नाभी, कुटी र गञ्जी गाँउबासिन्दाहरुले २०१५सालको निर्वाचनमा मतदान गरेका थिए । सरकारसँग २०१५सालमा नामावलीमा नाभी, कुटी र गुञ्जी गाँउका बासिन्दाहको मतदाता नामावली सुरक्षित रहेको छ ।

यसैगरी २०१८सालमा नाभी, कुटी र गुञ्जी गाँउका बासिन्दाहरुको जनगणनाा गरिएको थिए । २०१८सालको जनगणनामा भैरव रिसाल उक्त क्षेत्रमा गणना गर्न पुगेका थिए । २०१५सालको मतदाता नामावली र २०१८सालको जनगणनाको प्रमाण नेपाल सरकारसँग सुरक्षित रहेको छ।

यसैगरी सरकारसँग बेलायतबाट ल्याइएको नक्सा पनि सुरक्षित छ । जुन नक्सामा लिम्पियाधुरा नेपालको रहेको प्रष्ट जनाइएको छ । इतिहासकार अनुसार लिम्पियाधुरा सम्मको क्षेत्र नेपालको हुने भन्ने पहिलो र महत्वपूर्ण प्रमाण भनेको सन् १८१६ मार्च ४ को सुगौली सन्धि हो। सो सन्धिमा नेपाल सरकारको प्रतिनिधिका रूपमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । सो सन्धि इस्ट इन्डिया कम्पनीको तर्फबाट लेफ्टिनेन्ट कर्णेल पेरिस ब्राड्सालाई हस्तान्तरण गरिएको थियो । उक्त सन्धिमा पश्चिममा काली र पूर्वमा मेचीलाई सिमानाका रूपमा जनाइएको छ । उक्त सन्धि भएको ९ महिना पछि अर्को पुरक सन्धि भयो । पुरक सन्धिलाई सरकारले दोश्रो प्रमाण मानेको छ ।

सन १८१६को सन्धिमा पूर्वको कोशीदेखि पश्चिमका राप्तीसम्मका समथर भूभाग समेटिएका थिएनन । सुगौली सन्धीको ९ महिना पछि १८१६ डिसेम्वर ८मा पुरक सन्धि गरियो । पुरक सन्धिमा नेपालले कोशीदेखि राप्तीसम्म समथर भूभाग फिर्ता लिन चाहेकाले कोशीदेखि राप्तीसम्म समथर भूभाग फिर्ता गरिएको जनाइएको छ । यस्तो व्यहोराको पत्र अंग्रेज सरकारले नेपाल सरकारलाई १८१६ डिसेम्वर ८मा पठाएको थियो । सो सन्धिको आधारमा नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको नक्सा तयार गरिएको थियो । सो नक्सालाई नेपालले सबैभन्दा ठूलो र बलियो प्रमाण मानेको छ ।

त्यसपछि अंग्रेज सरकारसँग अर्को सन्धि भयो । यो सन्धि सन् १८६० नोभेम्बर १ मा भएको थियो । उक्त सन्धिमा नेपालको तर्फबाट श्री ३ जंगबहादुर राणा र अंग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जर्नेल जर्ज र्‍याम्सेबीच भएको थियो । उक्त सन्धिमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको छ ।

इतिहासकार अनुसार सन् १९५५ देखि कालापानी क्षेत्रमा भारतले हस्क्षेतप गर्न सुरु गरेको हो । सन् १९६२मा भारत र चीनवीच युद्धा हुँदा त्यस क्षेत्रमा भारतले आफ्नो फौजी उपस्थितिलाई अझ बलियो बनाएको हो । २०२६सालमा नेपालका उत्तरी सीमा क्षेत्रका १७ ठाउँबाट भारतीय पोष्ट हटेका थिए । तर कालापानीबाट भने भारतीय फौज फिर्ता भएन । भारतले नाभी, कुटी र गुञ्जी गाँउलाई २०३५सालबाट आफ्नो कब्जामा राख्न सुरु गरेको हो। गत जेठ ७ गते नेपाललले सार्वजनिक गरेको नक्सामा नाभी, कुटी र गुञ्जी गाउँलाई नेपालको भूभागमा राखिएको छ ।

हाम्राकुराबाट

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०१:२७:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend