Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनेसास अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता, २०७७ घोषणा

अनेसास अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता, २०७७ घोषणा

नेप्लिज डायस्पोरा

२५, जेठ २०७७
images
अनेसास अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता, २०७७ घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको "अनेसास बालकविता प्रतियोगिता, २०७७" को नतिजा प्रकाशित गरेको छ ।

सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय हुनुभएको छ ।

पुरस्कृतहरु सबैलाई प्रमाणपत्र र नगदको व्यवस्था रहेको छ । प्रथम पुरस्कर राशी ३००/-, द्वितीय २००/- र तृतीय १००/- अमेरिकी डलर रहेको छ ।

साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो ।

अनेसासद्वारा आयोजित यस प्रतियोगिताका लागि प्राप्त भएका कविताहरु उत्कृष्ट रहेको अनेसास बाल समितिका संयोजक डा केशव शर्माले बताएका छन ।

निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता ब्यक्त गरेका छन ।

आसन्न भयावह र विपन्न समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद ब्यक्त गरेका गरेका छन ।

हिजो भन्छु भनेको खुशीको कुरा यो हो। पोर्चुगलबाट अनेसास पोर्चुगलले पठाएको अनेसास पोर्चुगलकी सदस्य निर्मला खराल ढकालकी छोरीको कविता बिश्व ब्यापी बाल कविता प्रतियोगीतामा प्रथम भएको छ। यस अघि पनि पोर्चुगलले बिश्वब्यापी गजल प्रतियोगीतामा बद्रीबाबु पोखरेल र स्पन्दन बिनोदको गजल क्रमश दोस्रो र तेस्रो पुरस्कार भित्र्याई सकेको छ। बधाई छ बिजयी सम्पूर्णलाई र अनेसास पोर्चुगल टिमलाई।

प्रथम भएको कविता

आमा

मेरि आमा तिमि मेरो भगवान् ।
धेरै आदर गर्छु धेरै छ सम्मान ।
त्यो कोखले काख चिनायो ।
काखले नै हुर्कायो हिँडायो ।

जन्मिएँ अनि आमा पुज्न पाएँ ।
संसार देख्न पाएँ बुझ्न पाएँ ।
अंगालो पाएँ - हात समाएँ ।
आमाको मायामा धेरै रमाएँ ।

सुत्न मनलाग्छ तिम्रो काखामा ।
आँशु नदेखियोस तिम्रो आँखामा ।
संगै हिँड्न मन छ औंला समाउँदै ।
सँधै तिम्रै साथमा हाँस्दै रमाउँदै ।

निदाउँदा आमा अंगालो बेर्न पाउँ ।
बिउझिँदा पहिला आमा हेर्न पाउँ ।
म रुँदा सँधै आँशु पुछ्देउ आमा ।
मेरो भावना सँधै बुझ्देउ आमा ।

आमाकै माया रै'छ सबैभन्दा प्यारो ।
आमा बिनाको त संसार नै अँध्यारो ।
भगवानले मेरि भगवान रुन नपारुन ।
म बाट कहिल्यैनि टाढा हुन नपारुन ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - ००:४०:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend