Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खुट्टा, तान्ने काम धेरै गर्यौगन्तव्यमा पुग्नु थियो, हिँड्न दिएनौ - राजु अाचार्य दीप (५ मुक्तकहरू)

खुट्टा, तान्ने काम धेरै गर्यौगन्तव्यमा पुग्नु थियो, हिँड्न दिएनौ - राजु अाचार्य दीप (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२६, जेठ २०७७
images
खुट्टा, तान्ने काम धेरै गर्यौगन्तव्यमा पुग्नु थियो, हिँड्न दिएनौ - राजु अाचार्य दीप (५ मुक्तकहरू)

मुक्तक - १.

जहाँ बोलाउँछौ त्यही सरिक बनियो
चाकडीले होइन सम्मानले, ठिक बनियो
वचनमा पक्का छौ, व्यवहारिक पनि छौ
त्यही भएर तिमीसँग , नजिक बनियो ।

मुक्तक - २.

अलिकति मेरो खुसी, खपत गरिदियौ
प्रगति नचाहनेसँग , सङ्गत गरिदियौ
सुख-दुःख दुवैमा, उस्तै माया हुनुपर्छ
तर तिमीले परिभाषा, गलत गरिदियौ ।

मुक्तक - ३.

कालो विचारसँग घनीभुतले, भिड्न दिएनौ
त्यसको शिर छुटिने गरी, गिड्न दिएनौ
बरु उल्टै मेरो खुट्टा, तान्ने काम धेरै गर्यौ
गन्तव्यमा पुग्नु थियो, हिँड्न दिएनौ ।

मुक्तक - ४.

कमजोर डालीमा, समाऊ भनेर हुँदैन
छुद्र बोली वचनमा, रमाऊ भनेर हुँदैन
दिनहुँ स्वाभिमानमा, प्रहार गर्छ भने
सहनशीलको उपमा, कमाऊ भनेर हुँदैन ।

मुक्तक - ५.

मनका भावना कापीमा, केर्दै गइन्छ
बेला बेलामा भावहरू, फेर्दै गइन्छ
कसले हौसला दिन्छन्, कसले घृणा
लेख्दै जाँदा सबै व्यबहार हेर्दै गइन्छ ।

- इच्छाकामना- १ , चितवन ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०२:३२:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend