Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दु:खसँग पनि पिरती गाँस्ने प्रयास गर्नुपर्छ - सन्तु मगर 'विवश' (५ मुक्तकहरू)

दु:खसँग पनि पिरती गाँस्ने प्रयास गर्नुपर्छ - सन्तु मगर 'विवश' (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२६, जेठ २०७७
images
दु:खसँग पनि पिरती गाँस्ने प्रयास गर्नुपर्छ  - सन्तु मगर 'विवश' (५ मुक्तकहरू)

मुक्तक - १

सारा संसार भौतारिँदा पनि तिमी जस्तै
तड्पिएँ 'सहारा-सहारा' भनि तिमी जस्तै
ए अँधेरीको जून एक्लै नसम्झ आफूलाई
सहारा बिनाको बटुवा हुँ म नि तिमी जस्तै ।

मुक्तक - २

सकेसम्म जीवनमा हाँस्ने प्रयास गर्नुपर्छ
मुस्कानले पीडाहरू मास्ने प्रयास गर्नुपर्छ
फलामले खियासँग सम्बन्ध गाँसेको जस्तो
दु:खसँग पनि पिरती गाँस्ने प्रयास गर्नुपर्छ ।

मुक्तक - ३

सँगै हुन पाएनौं झन् पछि झन ठिकै छ
एउटा उता,एउटा यता भयो तन ठिकै छ
नजिक हुन्छन् तर भेट हुन्नन् किनारा बुझ
भोग्नै पर्ने रैछ विवशताको बन्धन ठिकै छ ।

मुक्तक - ४

हिजो पनि आयो,आज पनि आयो
दिनहुुँ दु:ख आयो र मलाई सतायो
केही फरक पार्नु पर्ने हो जीवनमा
न त सिङ्ग आयो,न पुच्छर पलायो ?

मुक्तक - ५

केही नभएको भान दिनेहरूलाई
कारागारबाट मुस्कान दिनेहरूलाई
काँचोको दर्जा दिन्छौं हामीले किन ?
लालटिनको पहिचान दिनेहरूलाई ।

- सेङ्लेङ,अर्घाखाँची

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०३:३०:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend