Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ल्याइते श्रीमान् (लघुकथा) - कृष्णजी शर्मा

ल्याइते श्रीमान् (लघुकथा) - कृष्णजी शर्मा

नेप्लिज डायस्पोरा

२६, जेठ २०७७
images

साहित्यकार अश्विनी नेपाली साहित्यका एक प्रख्यात व्यक्ति हुन् । अति रसिक स्वभावका अश्विनी नेपालका जुनसुकै साहित्यिक कार्यक्रमहरुमा विशिष्ट अतिथि हुन्थे । अश्लेषा आफ्नो घर बिग्रिएर माइतमा बसेकी, उमेरले अश्विनीभन्दा दुई दशक कान्छी हुन् । उनी नेपाली साहित्यका एक चर्चित नारी हुन् र अनुराधा पनि साहित्यकै एक चर्चित नारी हुन् । विवाहपछि दुई सन्तान र घरगृहस्ती सम्हाल्ने बोझले अनुराधा घरभित्रै सीमित हुन पुगिन् । उनको एउटा उपन्यास "बन्द समाज " प्रकाशित भैसकेको छ ।

विभिन्न साहित्यिक कार्यक्रम र प्रर्तिस्पर्धाहरुमा अश्विनी र अश्लेषाको उपस्थिति अवश्य हुन्थ्यो । हरेक कार्यक्रममा अश्विनी र अश्लेषा एउटै मञ्चमा नारिएर रहन्थे । उनीहरु एकापसमा गुरु चेली सम्बोधन गर्थे तर बेलुका होटलको एउटै कोठामा बस्थे । अनुराधाले अश्लेषालाई चेतावनी नदिएकी पनि होइनन् । बिडम्बना अश्लेषाले अश्विनीको गर्भ बोकिन् ।

एक दिन अश्विनीले अनुराधालाई भने , "अनुराधा, तिमी थोत्रियौ , अब अाराम गर । मेरो हरेक पटकको शारीरिक अावश्यकतामा तिमीलाई दु:ख दिन मलाई ठीक लाग्दैन । अश्लेषालाई स-सम्मान भित्र्याअौँ वा हामी भिन्न बसौँ ? यतिका बर्षसँगै बस्य्यौँ, म तिमीलाई पराइ ठान्दिनँ । तिमीले पनि मलाई नठान्नू । हामी सबै यही घरको छानोमुनी मिलेर बसौँला । "

बिचरी दुई सन्तानकी आमा अनुराधा बिलखबन्दमा परिन् । दुई सन्तानको बाउलाई बहुविवाहको मुद्दा हालेर कानूनी कारवाही गराउनु कि सौता स्विकार्नु , दोधारमा परिन् । अनुराधाले मात्र यति भनिन् , " मलाई त विश्वासघात गर्यौ , अलपत्रमा पार्यौ , दुई सन्तानलाई अलपत्र नपार्नू । साहित्यकार जस्तो समाजको आँखा र सम्मानित व्यक्तित्व भएर पनि यो बुढेसकालमा म माथि सौता हाल्न लाज लागेन ? अपराध महसुस भएन ? "

"तिम्रो र छोराछोरीको अलपत्र हुँदैन । हामी सबै एउटै भान्सामा खान्छौँ । तिमी र छोराछोरी तल्लो तल्लामा बस्नु । हामी माथि बस्छौँ । " अश्विनीले अनुराधालाई फकायो ।

अश्विनीले अश्लेषालाई एक साँझ सुटुक्क घर भित्र्यायो । त्यतिबेला अनुराधा भने मन कुँड्याउँदै कल्पिँदै थिइन् , " मैले पनि यो घरभित्र ल्याइते श्रीमान् भित्र्याएँ भनेँ, अश्विनीले स्विकार्ला ?

- राप्ती -८ , चितवन ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०४:२२:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend