Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अश्लिल सामाग्रिको जोखिम बालिकामा भन्दा बालकमा धेरै

अश्लिल सामाग्रिको जोखिम बालिकामा भन्दा बालकमा धेरै

नेप्लिज डायस्पोरा

२९, जेठ २०७७
images

काठमाडौं– सामाजिक सञ्जालमा पोर्नग्राफी तथा अश्लील सामग्रीको शिकार बालिकाहरुको तुलनामा बालकहरु हुने देखिएको छ । एकप्याट लक्जमवर्गले नेपालमा गरेको एक अनुसन्धानले त्यस्तो तत्थ्य बाहिर ल्याएको हो ।

एकप्याटले ‘नेपाली बालबालिकाहरुमा नयाँ प्रविधिको जोखिम तथा इन्टरनेट सुरक्षा’ विषयमा खोजी गरेको थियो । अध्ययनका लागि गरिएको सर्वेक्षणमा १५.७ प्रतिशत बालबालिकाहरुले आफूलाई फेसबुक तथा विभिन्न सामाजिक सञ्जालबाट अश्लील सामग्री आउने गरेको बताएका छन् । यसरी अश्लील सामग्री पाउनेमा ५९.१ प्रतिशत बालक रहेका छन् भने ४०.९ प्रतिशत बालिका छन् ।

सर्वेक्षणमा सहभागी ८४.३ प्रतिशत बालबालिकहरुले भने आफूहरुलाई त्यसप्रकारको कुनै पनि सन्देश नआएको बताएका छन् । जसमा ४७.३ प्रतिशत बालिका रहेका छन् भने ५२.७ प्रतिशत बालकहरु छन् ।

मोरङ, धनकुटा, संखुवासभा, धनुषा, काठमाडौं, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, कास्की, मुस्ताङ, प्युठान, बाँके, सुर्खेत, हुम्ला, कैलाली, डडेलधुरा लगायतका जिल्लाका निजी तथा संस्थागत विद्यालयका ५ हजार ११ जना विद्यार्थीमाथि यो सर्वेक्षण गरिएको थियो ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०३:०१:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend