कोभिड-१९ लाई कसैले चाईनिज भाईरस भने कसै ले अमेरिकन, तर बहुसंख्यकले यसलाई माहादेउ (प्रकृति) ले नै पठाएको भाईरस भनेर बुझे । यस्तै बिबादको छिनोफानो गर्न र यसबाट पार पाउने उपाय खोज्न दुत नारदजी कैलासतर्फ गएका हुन, उनको पनि हालसम्म पत्तो छैन । बेखबर छन । सायद पृथ्बीबाट आएको भनेर २१ दिने क्वारेन्टाईनमा पो परेकि ? त्यहाको २१ दिन यहाँको सयौ बर्ष पो हुन्छ त ..! अब कैलासतर्फबाट राहत पाउने आशा पनि करिब करिब सकियो ।
भ्याक्सिनको आशा
सामान्य जनजीबनमा फर्कने र सबैलाई आश्वस्थ र ढुक्क बनाउने भनेको भ्याक्सिन नै हो । तर यसको कथा ब्यथा पनि आफ्नै रहेछ । लामो समय लिने, झन्जटिलो र ठुलो धनरासि लाग्ने । ल्याबमा तयार भयपछि जनावर हुदै १०० को समुह , ५०० को समुह र हजारौको समुहगरि ३ चरण गरेर मान्छेमा परिक्षण गर्नु पर्ने । त्यसमा पनि स्वस्थ्य मान्छे नै चाहिने । त्यसपछि यसको प्रभाबकारिता र नियमन गर्ने निकायले स्विकृति दिनु पर्ने यसले पनि उत्तिकै समय लगाउने रहेछ । त्यहा बाट स्विकृत भएपछि मात्र मास प्रोडक्सनमा जाने रहेछ ।
बिज्ञ बैज्ञानिकहरुका अनुसार हालसम्म ११० वटा भ्याक्सिन तयार भएका छन । त्यस्मा पनि १०० वटा त जनावर कै परिक्षणमा सिमित छन भने १० वटा मात्र मानब परिक्षणको चरणमा पुगेका छन । त्यसमध्ये अमेरिकाको २ वटा, बेलायत र चीनको १-१ गरि ४ वटा कंपनिहरुले देस्रो चरण पार गर्दै छन । उत्पादन पछि पनि कति उत्पादन हुने, ७ अरब मान्छे सम्म कहिले पुग्ने .. ? कसरि पुग्ने ..?
मान्छेलाई ईमरजेन्सि जस्तो भै सक्यो कहिलेसम्म यो तैयार हुने हो ..! यो पनि आकासको फल ... जस्तै हुने होकि थाहा भएन ।
त्यति बेलासम्म यो भाईरसको बर्न आउट भैसक्ने वा दोहोरिने वा यस्ले स्वरुप बदल्ने वा के हुने हो सबै अनभिज्ञ नै देखिन्छन ।
बहुआयामिक अनुसंधान-
बिगतका ईबोला, सार्स,मेर्स भन्दापनि अझ खतरनाक देखिएको कोभिड-१९ को कारणले बैज्ञानिकहरुलाई बहुआयामिक अनुसंधान गर्न बाध्य बनाएको छ । ति मध्ये २ वटा मुख्य छन ।
एउटा हो , पृथ्बीमा भएका सबै जनावरहरुमा भएका भईरसलाई संकलन गरेर प्रत्येकको एक एक गरि अनुसंधान थाल्ने कि कुन भाईरसको कुन प्रजातिले के कति हदसम्म नोक्सान पुर्याउन सक्छ र के कस्तो भ्याक्सिन/ औषधिको आबश्यक्ता पर्छ ।
दोस्रो हो, यो कोरोना भाईसले के कस्ता प्रकारका र कस्तो गतिबिधि गर्ने मान्छेलाई यसले असर गरेन । यस्मा बिशेष गरेर योगअभ्यास र प्रकृति स्नान पर्दछन । अर्थात प्रकृतिलाई नै डाक्टर र अस्पताल मान्ने बर्गहरु ।
भनिन्छ बिश्वभरिका योगअभ्यास गर्ने योग साधकहरु मध्ये एक जनालाई पनि यस्ले छुन सकेको छैन ।
यसै बिषयलाई लिएर हालसालै अमेरिकाको हवार्ड बिश्वबिध्यालय र बेथ ईजरेल हस्पिटल मेडिकल सेण्टरले सोध गर्दै छन कि कसरि योग अभ्यास गर्ने मान्छे यस भाईरसका प्रति कस्तो खालको रेसपोण्ड गर्ला ? लचिलोपन कस्तो होला आदि आदि ।
यसमा पाँच हजार जना योग गर्ने र दस हजारजना योग अभ्यास नगर्नेको स्याम्पल लिएर अनुसंधान हुदैछ र ३ महिनामा पुरा हुने भनिएको छ ।यसबाट पनि अर्को नयाँ आयाम थपिने छ ।
प्रकृतिको स्नान गर्नेहरु-
भनिन्छ बिशेष गरेर जापनिजहरु जुत्ता खोलेर नांगा खुट्टाले जंगलमा घुम्छन । यसरी घुम्दा गहिरो सास लिदै रुख बनस्पति काठ ढुंगा माटो पानीलाई स्पर्स गर्दै दिनमा दुई घण्टा बिताउछन । उनिहरुले यसलाई ‘सेरिनयोको’ (जंगल बेदिं) भन्दछन । यसलाई जंगल स्नान पनि भनिन्छ । यो प्रयोग केहि बर्ष देखि गर्दै आईरहेका छन । यसबाट शरिरमा खुसि आनन्द आउने र ईम्युन सिस्टमको बृद्धि भई यस्ता रोग संग सजिलै लडन सकिने बिश्वास गर्छन ।
बैज्ञानिकहरुका अनुसार यि रुख बनस्पतिहरुले आफुलाई भाईरस, ब्याक्टेरिया, फंगस आदिबाट सुरक्षित राख्नको लागि एकप्रकारको रसायन छोडने गर्छन जस्लाई ‘फाईटोसाईड’ भनिन्छ । त्यस्तो रसायन जंगल बगैचा घुम्नेले प्राप्त गर्दछन जस्ले गर्दा उनिहरुको पनि रोग प्रतिरोधक क्षमता बढ्छ र यस्ता रोगहरुसंग सजिलै लडन सक्छन ।
भनिन्छ मड बाथ अर्थात् माटोको स्नान गर्नेहरुले पनि यस्तै फाईदा लिने गर्छन ।
यस्ता उदाहरणबाट सजिलै भन्न सकिन्छकि माटोपानीले नुहाउनेहरु जंगलले नुहाउनेहरु, बिहान प्रथम प्रहरको घामले नुहाउनेहरु,लामो लामो सास लिएर हावाले नुहाउनेहरु र दैनिक योगअभ्यास साधना गर्नेहरुलाई यस्ता भाईरसहरुले असर गर्दैन ।किनभने उनिहरु प्रकृति (आमा)को काखमा हुन्छन।
अर्को उदाहरण , जनावर पशुपक्षिलाई हेरौ घरपालुवा र चिडियाखानामा रहने बाहेक , कुनै पनि जीबजन्तु यस्ता रोगको सिकार बन्दैनन । कारण उनिहरु प्रकृतिभन्दा एक ईन्चि पनि बाहिर हुदैनन । उनिहरुको सबै जिम्मा प्रकृतिले नै लिन्छ । यो मान्छेको मात्रै प्रकृतिले जिम्मा लिन छोड्यो कारण उनिहरु प्रकृति देखि टाडिदै गए ।
यी प्रमाण खोज्दछन । हरेक कुरालाई बिज्ञानले भन्दिनै पर्छ नत्र पत्याउदैनन । जबकि पृथ्बीमा यति रहस्यका कुराहरु छन सबैकुरामा बिज्ञानको पहुचै हुदैन | अब यो भन्न सकिन्छ कि अहिलेको कोभिड-१९ ले मान्छे र प्रकृतिको संबन्ध , बिज्ञान र औषधिको सिमा, गलत प्रबृत्ति र बिश्व भाईचाराको संबन्ध आदिमा घोत्लिन बाध्य पार्ने छ । साथै बिज्ञान देखि पर धेरै कुरा छन है भनेर ५० पटक सोच्न बाध्य पार्ने छ !!!
सबैको जय होस!
हाल अमेरिका
सेप्टेम्बर ११