शान्ति अर्याल अधिकारी
लिस्बन, पोर्तुगल
नेपाली महिला समाज पोर्चुगलले मृगौला पिडित एक बालकलाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखि उपचारार्थ सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँ पालिका वार्ड न ७ का सन्दिप अधिकारीलाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरिएको हो ।
नेपाली महिला समाज पोर्चुगलको सक्रियतामा सकंलन भएको सहयोग रकम रू एकाउन्न हजार संस्थाकि उपाध्यक्ष माया खरेलले शुक्रबार काठमाडौ स्थित पाटन अस्पतालमा पुगेर पिडितका बाबु केदार अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ । पिडित परिवारले सहयोग रकम बुझ्दै छोराको उपचारको निम्ति सहयोग जुटाइदिएकोमा महिला समाजप्रति धन्यबाद दिदै थप सहयोग को अपेक्षा रहेको बताए ।
"भाईको उपचार मा ४० लाख भन्दा बढी खर्च गरियो, अब हामी सग केही छैन बाहिर बाट सहयोग नभए भाईलाई बचाउन गाह्रो छ" गहभरि आँसु पार्दै पिडित को दिदी स्मृति अधिकारी ले बताईन ।मृगौला फेल भएर बिगत लामो समय देखि उपचार को क्रममा रहेको र छोराको उपचार मै सबै सम्पत्ति सकिए पछि बाहिर सहयोग माग्न परिरहेको बुवाको गुनासो थियो ।
सहयोगको लागि अपिल गर्दै नेपाली महिला समाज पोर्चुगलको नाममा आएको निवेदनलाई कार्य समितिभित्र सबैको ध्यानाकर्षण गराएको थियो ।उक्त निवेदनलाई मध्यनजर गर्दै सबैतिर सहयोग को अपिल गरिएको संस्थाका महासचिव सरिता शर्मा ले बताउनु भयो ।
महिला समाज का अध्यक्ष निर्मला ढकालले बिश्व महामारीको रुपमा फैलिएको कोरोनाको कहर भित्र प्रदेशमा रहेर बेरोजगारीको अबस्थामा पिल्सिरहेको समयमा पनि आफ्नो नियमित खर्चमा कटौती गरी पिडीत बालकको उपचार खर्चमा थप टेवा पुर्याउन सहयोग गर्नुहुने सबै सहयोगी मनहरूप्रति धन्यबाद ब्यक्त गर्नुभयो ।महिला समाजले यस्तै खालका प्रशंसनीय सामाजिक कार्यहरू गर्दै आईरहेको छ।