Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

छोरी (लघुकथा)- लक्ष्मी पौडेल

छोरी (लघुकथा)- लक्ष्मी पौडेल

नेप्लिज डायस्पोरा

१, आषाढ २०७७
images
छोरी (लघुकथा)- लक्ष्मी पौडेल

उसले बच्चालाई अन्तिम पटक हेरी । आलो सुत्केरी रगतमा लत्पतिएको आफ्नो रगतको डल्लो हातले पुछपाछ पारी । परैदेखि माया गरी । सुत्केरी आमाको अचम्म लाग्दो व्यवहार देखेर अस्पताल सफाई गर्ने महिला, सुन्तलीले बच्चा आफ्नो काखमा लिई । सफा कपडाले फोहर सफा गरीदिई । उसले टोलाएर हेरिरही !

डाक्टर विकासलाई लिएर दुई जना भलादमी जस्ता देखिने महिला पुरुष सुत्केरी वार्डमा प्रवेश गरे । दुबै जनाले सुत्केरी महिलाको मुखमा पुलुक्क हेरे । उसले फिस्स फिक्का हाँसो हाँसी । भलादमी मान्छेले सुन्तलीलाई पाँच सयको नोट दियो । सुन्तलीले सुत्केरी र त्यो मान्छेको मुखमा पालैपालो हेरी । भेद पहिल्याउन सकिन । पाँच सयको नोट गाउनको खल्तीमा घुसारी ।

डाक्टर र ती मान्छेले खासखुस केही कुरा गरे । सुत्केरी महिलाको मुखमा पुलुक्क हेरे । उसले मुन्टो तल गरी । भद्र मान्छेले डाक्टरलाई एउटा लामो चेक थमायो । डाक्टरले एउटा कागजमा के के लेखेर दियो । उसले एकैछिनमा सुत्केरीको लागि खानेकुरा चिया, बिस्कुट, औषधी आदि लिएर आयो । डाक्टरले भद्र महिलालाई देखाउँदै सुन्तलीलाई भन्यो ,- " बच्चा उहाँलाई देऊ !"

दुई हजार रुपैयाँ सुत्केरी महिलाको सिरानीमुनि राखेर ती महिला पुरुष बच्चा बोकेर बाहिर निस्के ।

"आमा, बुबा पनि आइपुग्नु भो ! " उसकी ठूली छोरी हौसिदै सुत्केरी वार्डमा प्रवेश गरी ।
आमाको काखमा बच्चा नदेखेर ऊ अल्मलिई । उसले तुरुक्क दुई थोपा आँसु झारी ।
"छोरी थिई, गई, ठूली ! धन्दा नमान् ।

"छोरी --- गई --- ! " सुन्तलीले पाँच सयको नोट ओर्काई फर्काई हेरी । मुठ्ठी कसेर नोट कच्याककुचुक पारी ।

- धनगढी - ३, कैलाली
२०७७/०२/२२

मन परे मात्रै शेयर गर्नुहोला ! सुने मन परिहाल्छ !

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०३:४९:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend