Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए

साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए

नेप्लिज डायस्पोरा

७, आषाढ २०७७
images
साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए

 

साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत तिन महिना देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याहरूको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधारमा अनुसार प्राथमिकतामा परेको ३३ सय १३ जना मध्ये १८ जुन २०२० का दिन हिमालय एयरको H9 5602 उडान बाट १५४ जना नेपाली श्रमिकहरू साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्ट बाट स्वदेश फर्किएका छन्। नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका मध्ये १ जनाको लाश पनि नेपाल फर्किँदै छ।


गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।भने टिकट शुल्क अत्याधिक भएको भनि चौतर्फी विरोध र आलोचना भए पश्चात पहिलो निर्धारित समय तालिका अनुरूपको उडान हुन सकेको थिएन । यसका साथै दुताबासले संयोजन गर्ने गरी अन्य कुनै पनि विमान चार्टर गरी नेपाली श्रमिकहरू स्वदेश आउन सकिने भनि गत जेष्ठ ३० शुक्रबार क्याबिनेटले निर्णय गरे पनि कार्यन्वयन हुन सकेन र निर्धारण गरिएको मुल्यमा पुनर्विचार गरी हवाई कम्पनीले मुल्य घटाए पश्चात अहिलेको उडान भएको हो।

“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन अर्को उडानहरू २० जुनमा दम्माम बाट र २१ जुनमा रियाद बाट हुने तय भएको छ भने उक्त उडानको लागी दुताबासमा आएको निवेदन र नेपाल सरकारले तोकेको आधारमा यात्रुहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरिसकेको छ।

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - ०२:४३:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend