Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सरकारले प्रवासी नेपालीको ढाड सेक्यो -कुल आचार्य

सरकारले प्रवासी नेपालीको ढाड सेक्यो -कुल आचार्य

नेप्लिज डायस्पोरा

८, आषाढ २०७७
images
सरकारले प्रवासी नेपालीको ढाड सेक्यो  -कुल आचार्य


काठमाडौँ ।


गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व केन्द्रीय उपाध्यक्ष कुल आचार्यले विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाउँदै आचार्यले खाडीमा काम गर्दागर्दै रोजगारी गुमाएका नेपालीले चार्टर्ड उडानको महंगो टिकट किन्न नसक्ने भन्दै निःशुल्क उद्धारको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेशका सरकारहरुले आफ्ना नागरिकहरुलाई सहुलियत दरमा स्वदेश फिर्ता गरिरहेका बेला नेपालले भने महंगो टिकट किन्न वाध्य पारेको भन्दै आचार्यले आपत्ति जनाएका छन्।

कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई ढिलै भएपनि सरकारले स्वदेश फर्काउन सुरु गर्नु स्वागतयोग्य भए पनि अलिकति विवेक पुर्याउने कुरामा सरकार चुकेको उनले टिप्पणी गरे।

उनले भने, "कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई ढिलै भए पनि नेपाल सरकारले स्वदेश फर्काउन शुरू गरेको छ, जुन स्वागतयोग्य छ। यो निर्णयले विदेशमा अलपत्र परेका नेपालीले अवश्य लाभ लिनेछन्, तर स्वदेश फर्काउंदै गर्दा अलिकति विवेक पुर्याउन पर्ने कुरामा सरकार चुकेको अनुभूति गरेको छु।"

खाडी मुलुकमा काम गर्दागर्दै रोजगारी गुमाएका नेपालीलाई चार्टर्ड उडानको महँगो टिकट किन्न भन्नु कत्तिको उपयुक्त होला ? आचार्यले सरकारसँग प्रश्न गरेका छन्।

प्रधानमन्त्रीलाई पठाएको पत्रको बारेमा बुझ्न नेप्लिज डायस्पोराले गरेको सम्पर्कमा आचार्यले भने, "सरकारले प्रवासमा रहेका नेपालीको ढाड सेक्ने काम गरेको छ। चुप लागेर बस्न सकिन।"

सम्मानित सर्वोच्च अदालतले विश्वभर कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएर बसेका र फर्कनलाई कुनै स्रोत नभएका नेपाली नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम प्रयोग गरी उद्धार गर्न आदेश दिएको छ। " रोजगारी गुमाएका नेपाली बेखर्ची हुनुहुन्छ। उहाँहरु टिकट किन्ने त कुरै छाडौं, आफ्नो खर्चमा पीसीआर परिक्षण गर्न वा नेपाल आएर होटेल क्वारेन्टाइनको खर्च ब्यहोर्न पनि सक्नु हुन्न। आफ्नो रगत, पसिना बगाएर देशको अर्थतन्त्र धानी रहेका नेपालीलाई गाह्रो, साह्रो पर्दा देशले र सरकारले हेर्नु पर्ने हैन र ?" उनले प्रश्न गरेका छन्।

आचार्यले रोजगारी गुमाएर पीडा व्यहोरिरहेका नागरिकहरुलाई तत्काल, निःशुल्क विशेष हवाइ उडान मार्फत स्वदेश फर्काउनका लागि निर्देशन दिन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका छन्।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १५:५८:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend