Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रक्त दान (कविता) - निरूविन्दु परियार

रक्त दान (कविता) - निरूविन्दु परियार

नेप्लिज डायस्पोरा

९, आषाढ २०७७
images
रक्त दान (कविता) - निरूविन्दु परियार

धर्म संग्रह गर्न हिँड्छन मान्छेहरू
मन्दिरमा,
गुम्बामा,
चर्चमा,
मस्जिदमा,

तर,
कसैले खुब भनेका छन्
"प्रार्थना गर्ने ओठभन्दा -
सेवा गर्ने हात महान हुन् !"

थाहा छ मान्छेलाई
कर्ममा नै धर्मको बास हुन्छ
आफूभित्र नै शान्तिहरू पाइन्छ

किनभने
सबैभन्दा ठूलो पूण्य 'रक्तदान'
सबैभन्दा महान कार्य 'रक्तदान'

रगत बगाए सहिदहरूले
तब नै बन्यो विशाल देश
रक्तदान दिए जवानहरूले
तब नै बन्यो सुरक्षित देश

भनेका छन् सुवासचन्द्र बोशले
"तिमी मलाई रगत देऊ
म स्वतन्त्रता दिनेछु !"

किनभने
'रक्तदान' नै मानव धर्म हो
'रक्तदान' नै माधव धर्म हो

एक थोपा रगतले कसैमा प्राण फुक्छ
त्याग-बलिदानले मान्छेमा ज्यान हाँस्छ

रक्तदानले नै सम्बन्धमा प्रगाढता छाउँछ
रक्तदानले नै जीवनमा मानवता ल्याउँछ

समाजमा संचेतना भर्छ
मुलुकमा प्रेमहरू छर्छ

किनभने
पूजा हो 'रक्तदान'
बन्धना हो 'रक्तदान'
प्रार्थना हो 'रक्तदान'
महादान हो 'रक्तदान'
सत्य हो 'रक्तदान'
सेवा हो 'रक्तदान' ।।

- जल्ढक्का कालेबुङ्ग, भारत ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ०६:१३:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend