Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एकता (लघुकथा) - टङ्कबहादुर अालेमगर

एकता (लघुकथा) - टङ्कबहादुर अालेमगर

नेप्लिज डायस्पोरा

९, आषाढ २०७७
images
एकता (लघुकथा) - टङ्कबहादुर अालेमगर

 

'आज म धेरै खुशी छु । खै भाउजू एक कठुवा निघार खाऊ त ।' दिनभरि भर्तिवालकाे टारबारीकाे मकैमा दबाई हानेर आकाे साइँलोले अघेनाकाे अगुल्ठाे चलाउँदै भन्याे ।


'किन हाै नानी ! जहिले पनि छाेरीकाे फीस तिर्ने पैसा छैन भन्दै जाँडरक्सीकाे नामैले टाउकाे चिलाउने आज एक कठुवा नै माग्नु भाे त ?' भाउजूले घैलाबाट निघार सार्दै भन्नु भाे ।

'फाैजी कीराले किसानलाई सताउने, काेराेनाले साथीहरूलाई छुनै नपाउने चाेट अाज स्याप्पै घटेकाे छ।' साइँलोले अाेँठबाट खैनी झिकेर घुरेनतिर फ्याँक्दै भन्याे ।


'बिपतमा परेकाे भाइ खाडीबाट अाउँदै छ केहाे ?' 'हाेइन जनतरे दाई ?'


'त्यसाे भा पारपाचुके लिएकी भाउजूले फाेन गरिन् के हाे ?'


'परेकाे पानी, झरेकाे फूल देउतीलाई चल्दैन , जति नै राम्रो भए पनि, खै बुझेकी बहिनीले । कुरा नगर खसेकाे थुरकाे ।' भन्दै खुर्सानी नुनमा चाेभेर करप्प टाेक्याे र निघार स्वाट्ट पार्याे साइँलोले अनि ढ्याउवा डकार्याे खुशीकाे ।

यसरी गफ लामै चल्याे ।

अनि हिँड्ने बेलामा साइँलोले भन्याे -'मुरी मुरी बधाई है दाजुभाउजूलाई पनि ।'

'ए नानी खै खुशीकाे र बधाईकाे रहस्य खाेल्नु भएन त ?' भाउजूले दाइकाे सानाे टर्चलाइट दिदै भन्नु भाे ।

'अाज हाम्राे देश नेपालकाे अनुहार फेरियाे । त्यै खुशीले झ्याप भएँ । अब गएर अामा चाहिले जिउँदै टुहुराे बना छाेरालाई बियाडे भाले ख्वाउँछु । हा हा हा जय नेपाल ! जय नेपाल !!!' भन्दै नाच्दै लाग्याे अाफ्नाे झुप्रोतिर साइँलो ।

- त्रियुगा नगरपालिका- ११, संगमटाेल
उदयपुर,

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ०७:०५:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend