मुक्तक - १
उफ ! शब्दमा पनि कति धेरै भार हुन्छ
यसरी चलाउछ्न तीर मुटु वार पार हुन्छ
म त मौनताबाट थाकेको मान्छे र पनि
फ़ेरि उहीँ शान्त बताससँग प्यार् हुन्छ ।
मुक्तक - २
यो शान्त मनलाई घरीघरी नचलाऊ तिमी
फेरी उसंग नारिएर यो मन नजलाऊ तिमी
मलाई मन परेको सुन्दर फूल हाै भन्दा भन्दै
उसकाे बगानमा गएर नफुल, नपलाऊ तिमी ।
मुक्तक - ३
प्रेमको गीत कोर्नलाई मन खोल्नुपर्छ
पीडाको कथा लेख्न भित्रै पोल्नुपर्छ
यत्तिकै त के नै मिल्छ जिन्दगीमा हेर
खुशी खोज्न पनि जोखिम मोल्नुपर्छ ।
मुक्तक - ४
स्वाद कस्तो चाख्न पुग्यौ नुन बिर्सिने गरी
तारा कुन देख्यौ तिमीले जून बिर्सिने गरी
किन भए यस्तो मतलवी मान्छेहरू आज
आकाश उडेपछि धर्तीको गुन बिर्सिने गरी !
मुक्तक - ५
नदीले भन्छ बगरलाई किनार छैन छोएको
आँसुले भन्छ मुहारलाई मैले होइन धोएको
मस्तिष्क खोज्दैछ बिर्सन पुराना सारा कुरा
तर यो मनले त मान्दैन यसैले ह्रदय रोएको !
- बिमला बिम्वित
बानेश्वर - १० काठमाण्डौ ।