Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आइसोलेसनमा राजु सदाको मृत्यु : पखाला लाग्दा जीवनजल नपाएर घण्टौं छटपटाए

आइसोलेसनमा राजु सदाको मृत्यु : पखाला लाग्दा जीवनजल नपाएर घण्टौं छटपटाए

नेप्लिज डायस्पोरा

१०, आषाढ २०७७
images
आइसोलेसनमा राजु सदाको मृत्यु : पखाला लाग्दा जीवनजल नपाएर घण्टौं छटपटाए

 

श्रवण देव

आइसोलेसनमा छटपटाइरहेका राजु सदा (बायाँ) र उनको मृत्युपछि शोकाकुल आफन्त (दायाँ) ।

समय : आइतबार राति ।

धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ बर्षका राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे ।

तर, स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के भो हँ ?’

तर, राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर, राजुको पीडा २० को १९ भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् ।

र, सोमबार साँझ आइसोलेसन अस्पतालभित्रै राजु सदाको प्राणपखेरु सदाका लागि अस्तायो ।

अवहेलनादेखि अवहेलनासम्म

राजु सदा झण्डै एक बर्षअघि रोजगारीको खोजीमा भारतको अहमदावाद पुगेका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारतमा लकडाउन गरेपछि उनी समस्यामा परे । भारतबाट अरु नेपालीजस्तै उनी पनि घर फर्किए ।

एक साता हिँडेर उनी ३ जेठमा प्रसाही आइपुगे । कोरोना संक्रमण फैलिएको क्षेत्र भारतबाट आएका कारण उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखियो । तर, लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएन ।

क्वारेन्टिन बसाइ भद्रगोल थियो ।

खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा उनलाई पखाला लाग्यो । तर, उनले राम्रो उपचार पाएनन् । क्वारेन्टिनमा बसेका अरु पनि बिरामी पर्न थाले ।

२८ जेठमा उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको गेटसम्म छाडियो । ‘अस्पतालले आइसोलेसनमा भर्ना त गर्‍यो, तर उपचारमा ध्यान दिइएन’ घटनालाई नजिकबाट नियालेका पचु सदा भन्छन् ।

आइसोलेसन अस्पतालमा राखिएका उनलाई खाना त दिइन्थ्यो, तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मी हेर्नसमेत नआएको परिवार र साथीभाइको गुनासो छ ।

राजु यसवीचमा निरन्तर झाडापखाला भएका कारण सिकिस्त हुँदै गए । उनलाई एक पुरिया जीवनजल समेत नदिइएको पचु बताउँछन् ।

सोमबार कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनलाई दिउँसोतिर आकस्मिक कक्षसम्म लगियो । तर, धेरै ढिला भइसकेको थियो । साँझ उनको मृत्यु भयो । ‘मेरो छोराको यसरी ज्यान जाने थिएन’ राजुका पिता असे सदा भन्छन्, ‘कोरोना जाँचका नाममा मेरो छोरालाई दिनुसम्म दुःख दिएर मारिएको छ ।’

राजुका काका राजेश्वर भन्छन्, ‘कम्तिमा पखाला लागेको जानकारी समेत हामीलाई दिइएन । थाहा भएको भए हामी आफैं पनि उपचार गराउँथ्यौं ।’

चिकित्सकको दाबी : हामीले हेरेका थियौं

अस्पतालको लापरवाहीका कारण राजुको मृत्यु भएको परिवारको दाबीलाई प्रादेशिक अस्पतालका चिकित्सक भने मान्न तयार छैनन् । आइसोलेसन कक्षका प्रमुख डा. जामुन सिंह अस्पतालका डाक्टरहरुलाई बोलाएर देखाएको दाबी गरे ।

सिंहका अनुसार उनलाई इन्सेफ्लाइटिसको आशंका गरिएको छ । ‘रगत जाँच गर्दा सोडियम ११७ आएको थियो । सोडियम यस्तो अवस्था आउनु भनेको क्रिटिकल अवस्था हो’ डा. सिंह भन्छन्, ‘हामीले त्यतिबेला ३/४ जना डाक्टरलाई बोलाएर छलफल गर्‍यौं । शनिबार रातिदेखि उपचार पनि शुरु गरेका थियौं ।’

पुरा समाचारका लागी

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १८:५३:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend