नेपालीको धेरै बसोबास रहेको अमेरिकाको टेक्सास राज्यमा पहिलो पटक एकै दिन पांच हजार कोरोना सक्रमित भेटिएका छन्।
मंगलबार मात्र ५ हजार ४ सय ८९ मा नया संक्रमण देखिएको र २८ जनाको मृत्यु भएको टेक्सास राज्यका गभर्नर ग्रेग एवोटले मिडियालाई जानकारी गराएका छन् ।
अहिले टेक्सासमा पहिलेभन्दा छिटो र फराकिलो मात्रामा बढेको एवोटले बताएका छन्।
देश कै प्रसिद्ध संक्रमण विशेषज्ञ डाक्टर एन्थनी फाउचीले भनेका छन्, “आगामी दुई हप्ता अमेरिका र बिशेषगरी टेक्सासका लागि क्रिटिकल छ।”
बिरामी धेरै भएकाले बच्चाको अस्पतालमा पनि सबैको उपचार गर्ने प्रबन्ध मिलाईएको मिडियाहरुले जानेका छन्।