Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चर्को प्लेन भाडा तिरेर नेपाल फर्किदै बेलायतमा रोकिएका नेपालीहरु

चर्को प्लेन भाडा तिरेर नेपाल फर्किदै बेलायतमा रोकिएका नेपालीहरु

नेप्लिज डायस्पोरा

१०, आषाढ २०७७
images
चर्को प्लेन भाडा तिरेर नेपाल फर्किदै बेलायतमा रोकिएका नेपालीहरु

लण्डन । नेपाली दूतावास लन्डनको पहलमा कोरोना लकडाउनको कारण बेलायतमा रोकिन बाध्य नेपालीहरूलाई दुई जहाजको चार्टर्ड उडान मार्फत नेपाल फर्काउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल फर्किने प्राथमिकतामा भ्रमण, अध्ययन तथा सेमिनार लगायतको लागि बेलायत आएर यतै रोकिएका र अन्य आकस्मिक र विशेष परिस्थितीका यात्रुहरु रहेका छन् ।

लन्डन स्थित नेपाली दूतावासका अनुसार आगामी जुन २४ र २६ तारिखका दिन लन्डनको ग्याटविक विमानस्थलबाट ३ सय भन्दा बढी नेपालीलाई नेपाल फर्काउने गरी तयारी गरिएको छ ।

दूतावासबाट प्राप्त सुचना अनुसार जजिरा एयरवेजले दुवै दिन दिनको २:५० बजे नेपालको लागि उडान भर्ने छन् । जजिरा एयरका एयरबसले प्रति जहाज १५८ जना यात्रुहरुको उडान भर्ने क्षमता राख्दछन् । एकतर्फी उडानको भाडादर प्रतिव्यक्ति ९ सय २० पाउण्ड तय गरिएको छ ।

चर्को भाडा :

नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेपछि सामाजिक संजालमा यहाँका नेपालीहरुले सरकारको चर्काे आलोचना गरेका छन । अरु बेला करीव ७ सय पाउण्डमा ओहोर-दोहोर गर्न पाउने टिकटको एकतर्फी भाडा नै ९ सय २० पाउण्ड तोकेपछि असन्तुष्टी वाहिर देखिएको हो ।

संयुक्त अधिराज्य बेलायतस्थित लन्डन दूतावासले महंगो टिकटका बारेमा अनविज्ञता प्रकट गरेको छ । दूतावासका प्रवक्ता शरदराज आरनले नेपाल सरकार पटर्यटन मन्त्रालयबाटै सवै कुराहरु तय भएर आएको बताए । ‘हामीले बेलायतबाट नेपाल फर्किनु पर्ने व्यक्तिहरुको नाम संकलन गरेर पठाउने र यहाँका समस्याका बारेमा बताउने काम गरेको छौं,’ उनले भने, ‘बेलायतबाट नेपाल उडान भर्ने हवाइजहाज र टिकटका बारेमा सवै पर्यटन मन्त्रालयबाटै निर्णय भएको हो ।’

कोरोना संक्रमणका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यही मौकामा केही व्यक्तिहरुले पर्यटन मन्त्रालयलाई प्रभावमा पारी पैसा कमाउन लागेको स्रोतको दावी छ ।

‘नेपालबाट कतार एयरवेज हुदै बेलायत ७ सय पाउण्डै म तीन दिन अघि बेलायत आए,’ एनआरएनए यूके पूर्वउपमहासचिव विनय अधिकारीले, ‘नेपाल सरकारले कोरोना संक्रमणका कारण संकटमा परेका नेपालीलाई यसरी आर्थिक भारमा पार्ने काम गलत भएको छ । प्रतिस्पर्धाका एयरवेज छानिएको भए निकै सस्तोमा टिकट आउथ्यो ।’ तर सरकारको लापरबाहीले जनताहरु महंगो भाडा तिरेर नेपाली फर्किन बाध्य भएको अधिकारीले गुनासो गरे । नेपाल संसार 

 

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - २३:१५:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend