Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

??कालापानी आऊ न भाइ वार्ता गर्नु छ (गीत) -उत्तम विचार ??

??कालापानी आऊ न भाइ वार्ता गर्नु छ (गीत) -उत्तम विचार ??

नेप्लिज डायस्पोरा

११, आषाढ २०७७
images
??कालापानी आऊ न भाइ वार्ता गर्नु छ (गीत) -उत्तम विचार ??


कालापानी आऊ न भाइ वार्ता गर्नु छ
ईमान्दारी साथमा लिपु फिर्ता गर्नु छ ।

ठुली आमा हास्दै बस्छिन् रुन्छिन् सानी माँ
आँसु मात्रै देख्छु उन्का दुबै नानीमा !
लड्ने हैन मिलिजुली सुर्ता गर्नु छ
कालापानी आऊ न भाइ वार्ता गर्नु छ ।

रोटी बेटि भन्छौ तर लाजै नमानी
लगाउँछौ आँखा देखि हाम्रै जवानी !
सीमारेखा मिलाएर दर्ता गर्नु छ
ईमान्दारी साथमा लिपु फिर्ता गर्नु छ ।

कालापानी आऊ न भाइ वार्ता गर्नु छ
ईमान्दारी साथमा लिपु फिर्ता गर्नु छ ।

हाम्रा जडी हाम्रा बुटी, हाम्रै पानीमा
मनोमानी चल्छ तिम्रो वेईमानीमा !
आफ्नो माटो आफ्नै बाटो चर्चा गर्नु छ
कालापानी आऊ न भाइ वार्ता गर्नु छ ।

कालापानी आऊ न भाइ वार्ता गर्नु छ
ईमान्दारी साथमा लिपु फिर्ता गर्नु छ ।।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १६:५४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend