Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

'नेपालमा ल्याँङ भो' बिष्णु जोशीको गीत सर्बनाजिक (भिडियो सहित)

'नेपालमा ल्याँङ भो' बिष्णु जोशीको गीत सर्बनाजिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

२१, आषाढ २०७७
images
'नेपालमा ल्याँङ भो' बिष्णु जोशीको गीत सर्बनाजिक (भिडियो सहित)

अमेरिकामा विज्ञान बिषयमा विद्यावारिधि गर्दै गरेका लेखक तथा कवि बिष्णु जोशीले "ल्याँङ भो" बोलको गीत सार्बजनिक गरेका छन्।

वर्तमान नेपालको दुर्दशा र पीडालाई समेटिएको यो गीतमा देशको बिग्रिएको परिस्थितिलाई यथार्थ चित्रण गरिएको छ।

जोशीले आफ्नो पहिलो प्रोडक्सन म्युजिक भिडियो आफ्नै यु ट्युब च्यानल "मदर नेपाल नेपाल आमा" द्वारा सार्बजनिक गरेका हुन्। 'ल्याँङ भो' मा जोशीको गीत रचना र विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ। पौडेलकैसङ्गीत संयोजन अनि प्रदिप जोशीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ। सन्तोष आचार्यको बेस गिटार रहेको छ भने अडिटिंग र भिडियो नबिन निरौलाकोरहेको छ। ल्याँङ भो कल्पवृक्ष रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

नेपाल फर्कौँ महाअभियानका अभियन्ता जोशी भन्छन्, "यो गीत हाम्रो पुस्ताको आवाज हो। आज नेपालमा युवा जसरी व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराश र आक्रोशित हुँदै बिदेसिन बाध्य छन् त्यही आक्रोश पोखेर नै यो गीत सुरु हुन्छ। तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैलेअन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेशमै धैर्यताका साथ उद्यम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरेको छ।"

गीतकार जोशी बिदेशमा रहेको नेपाली युवाहरुको 'नेपाल फर्कौं अभियान' का अभियन्ता र एक सक्रिय सदस्य हुन्।

 



“ल्याँङ भो” गीतको शब्द रचना यस प्रकार रहेको छ :

(ल्याँङ भो, ल्याँङ भो, नेपालमा ल्याँङ भो)२
(नेतालाई सत्ता, झोलेलाई भत्ता, दक्ष युवा विदेश बेपत्ता) २
झाडीमा लुक्ने अरिङ्गालको ग्याङ भो
ल्याँङ भो, ल्याँङ भो, लास्टै ल्यांग भो SSS

लोकतन्त्रमा नेपाल बन्द, भ्रष्टाचार खुला
हेर न यी नेताहरू कानुनभन्दा ठुला
अख्तियार र पुलिस बोक्छन् माउ पार्टीकै झोला
यस्तो ल्यांग-ल्यांगले कस्तो विकास होला SSS

सत्ताको नशा लाग्यो सरकार ह्यांग भो
ल्यांग भो बोरो ल्यांग भो लास्टै ल्यांग भो sss

जो जोगी आए पनि कानै चिरेको
इमानदारीको सबले टोपी भिरेको
देश काँडुबा छ , छैन कसैलाई बाल
आको बजेटले आफ्नै भुँडीमा हाल
झोलेहरू आए यहाँ खानको काल
कस्तो थियो यो देश हाम्रो के भयो यो हाल

भ्रष्टलाई भगाऔँ
उद्यमीलाई सघाऔँ
जागौँ यसै पुस्तामा देश बनाऔँ
जागौँ यसै पुस्तामा देश बनाऔँ
देश छोडी भुमरीमा बादलपारि नजाऊ
समय लाग्छ संवृद्धिमा धैर्यता अपनाऊ

सत्ताको नशा लाग्यो सरकार ह्यांग भो
ल्यांग भो बोरो ल्यांग भो लास्टै ल्यांग भो sss
(ल्याँङ भो, ल्याँङ भो, नेपालमा ल्याँङ भो)२

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १९:२९:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend