एनआरएनए अमेरिकाले यो अप्ठेरो परिस्थितिमा धेरै सोच विचार गरेर साधारण सभा र नलेज कन्भेन्सन गर्ने जमर्को गरेकोमा एनआरएनए अमेरिकाका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष डाक्टर केशव पौडेलले गौरबको महशुस गरेको बताउनु भएको छ । एनआरएनए अमेरिकाको नवौं साधारण सभा र नेशनल नलेज कन्भेन्सन २०२० को उदघाटन समारोहमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो। टेक्नोलोजीको प्रयोग गरेर समयको माग अनुसार अन्लाईन संचालन गर्नु भएकोमा वर्तमान कार्य समितिलाई धन्यवाद दिनुभयो। अमेरिकाको प्रतिष्ठित अस्पतालमा काम गर्ने डाक्टर पौडेलले यो कोभिडको महामारीमा एनआरएनए अमेरिकाले नेपाली समुदायमा गरेको काम मुक्तकण्ठले प्रशंशा मात्र गर्नु भयो।
उहाँले संसारका सबै एनसीसीभन्दा अमेरिकाको एनसीसी बढी प्रभावित भएको देख्दादेख्दै आईसीसीले आर्थिक सहयोग नगरेकोमा खेद ब्यक्त गर्नुभयो। नेपाल र संसारकका नेपालीलाई अफ्ठेरो पर्दा एनसीसी अमेरिकाले सबैलाई सहयोग गरेको छ तर अमेरिकाका नेपालीलाई अफ्ठेरो पर्दा आईसीसीले बेवास्ता गरेकोमा रोष प्रकट गर्नु भएको हो। रपनि, अमेरिकाले उल्टै सहयोग गरेकोमा एनआरएनए अमेरिकाको प्रशंशा गर्नुभयो ।
एनआरएनए अभियानको मुख्य मुद्धा नागरिकताका समस्या अझैसम्म समाधान नभएको भन्दै आइसीसीका नेतृत्वलाई सचेत बनाउनु भयो। उहाँले अध्यक्षले एनआरएनए नागरिकताको समस्या समाधान हुन् लागेको भनेर भन्नुभएको पनि यो समस्या समाधान गर्न अझै धेरै समय लाग्ने देखिएकोले आईसीसी चनाखो हुनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले दोहोरो कर प्रणालीको बारेमा काम शुरु नै गर्न नसकिएको बिषयलाई पनि जोड दिनुभयो।
एनआरएनए आईसीसीलाई प्रोजेक्ट बेस कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो। कुनैपनि योजना टाईम लाईन र आवश्यकता पहिचान गरेर मात्र अगाडी बढाउन पनि उहाँले सुझाब दिनुभयो। सस्तो लोकप्रियताका लागि मनमा जे आयो त्यही कुरालाई योजना भनेर अगाडी नबढ्न उहाँले केन्द्रिय नेतृत्वलाई सचेत गराउनु भयो। उहाँले प्रश्न गर्नुभयो -फ्री मेम्बरशिपको अबधारणा के हो ? गर्न सकिन्छ भने योजना खोइ ? सकिन्न भने किन भनेको ? पौडेलले आईसीसीले ल्याएका रचनात्मक योजनाहरुमा आफु सधै साथमा रहेको पनि बताउनु भयो।
निबर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक समेत रहनु भएका डाक्टर पौडेलले डायस्पोराका नेपालीहरुको ज्ञान, सीप र साधनलाई एक आपसमा काम लगाउन सकियोस र नेपाल र नेपालीको हीतमा पनि उपयोग गर्न सकियोस भनेर आफुले विज्ञ सम्मेलनको अबधारणा अगाडी ल्याएको बताउदै यसको निरन्तरता दिएकोमा वर्तमान कार्यसमितिलाई धन्यवाद दिदै र सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।