Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा

कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा

नेप्लिज डायस्पोरा

२३, आषाढ २०७७
images
कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा


नेप्लिज डायस्पोरा
काठमाडौँ


नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको छ।

सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई जानकारी दिए। प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरिएको छ।

कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पुर्‍याइएको छ। पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन्।
कांग्रेसले कोरोना महामारीकै बीच अब बाँकी रहेका करिब ३० जिल्लामा समायोजनका काम, क्रियाशील सदस्यता वितरण तथा नविकरणका काम सुरू गर्न लागेको हो।

सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो। विधानकै व्यवस्थाअनुसार सभापति देउवाले एक वर्ष कार्यकाल थपेका थिए।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०७:५१:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend