Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिना बढायो

साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिना बढायो

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिना बढायो

काठमाडौं । साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिना बढाएको छ । अवधी बढाइएकोमा सरकारले कुनै शुल्क नलिने घोषणा पनि गरेको छ ।

गृहमन्त्रालयले आइतबार कोरोना महामारीका कारण यस्तो गरिएको जनाएको छ । महामारीका कारण आम मानिस, व्यापारी,निजी क्षेत्र र अन्यमा पर्ने असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

प्रवासीको भिसाको अवधी कोरोना महामारीको समयमै समाप्त भएको र फिर्ता जानका लागि दिइएको भिसा समेत प्रयोगमा नआएको अवस्थाका यस्तो निर्णय गरिएको जनाइएको छ ।

साउदी प्रेस एजेन्सीले यी नियमहरू आवश्यकताअनुसार परिर्वतन हुँदै जाने उल्लेखसमेत गरेको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १८:१८:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend