Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

साउदीबाट स्वदेश फर्कन चाहन्छन् २,६६८ जना नेपाली

साउदीबाट स्वदेश फर्कन चाहन्छन् २,६६८ जना नेपाली

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
साउदीबाट स्वदेश फर्कन चाहन्छन् २,६६८ जना नेपाली


काठमाडौं । साउदीको रियाद र दमामबाट स्वादेश फर्कनका लागि २ हजार ६६८ जना नेपालीले साउदीस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् ।

कोरोना भाइरसका कारण समस्यामा परेर स्वदेश फर्कनका लागि अनलाइन फर्म भरेका उनीहरुको नाम दूतावासले सार्वजनिक गरको छ ।
उक्त सूचीअनुसार साउदीको दमामबाट एक हजार ८८७ जना नेपाली स्वदेश फर्कन चाहेका छन् भने भने रियादबाट स्वदेश फर्कन चाहनेको संख्या ७८१ रहेको छ ।

आवेदन दिएकामध्ये प्राथमिकताका आधारमा उनीहरूलाई स्वदेश फर्काइने दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ । आगामी दिनमा हुने उडानबाट स्वदेश फर्कने पर्खाइमा रहेका बहिर्गमन भिसा र रिइन्ट्री भिसाका लागि २४ गते बुधबारसम्म राजदूतावासमा अनलाइनबाट आवेदन गरेका नेपालीहरूको नामावली दूतावासले सार्वजनिक गरेको हो ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १८:१९:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend