Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )केन्द्रको निर्वाचन, महासचिवमा बिनोद स्पन्दनको उमेदवारी

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )केन्द्रको निर्वाचन, महासचिवमा बिनोद स्पन्दनको उमेदवारी

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )केन्द्रको निर्वाचन, महासचिवमा बिनोद स्पन्दनको उमेदवारी


शान्ति अर्याल अधिकारी
लिस्बन पोर्तुगल


यही साउन २ देखि ५ गते सम्म अर्थात् July 17-19 सम्म हुन लागेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रको निर्वाचनमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल च्याप्टरका अध्यक्ष बिनोद स्पन्दनले महासचिवमा उम्मेदवारी दिने हुनु भएको छ |

शुक्रबार सामाजिक संजाल मार्फत बिज्ञप्ति जारी गर्दै सो घोषणा गर्नु भएको हो ।बिगत केही बर्ष अगाडि देखि पोर्चुगलमा बस्दै आउनु भएका स्पन्दनले प्रबासबाटै नेपाली साहित्य, कला र संस्कृतिको उत्थानका लागि निरन्तर कलम चलाउदै आउनु भएको छ ।

वहाँका हरेक कबिता मुक्तक र गजलहरुमा नेपाली माटो र नेपालीपन झल्केको पाईन्छ ।डायस्पोरामा नेपाली भाषा र साहित्यमा सकारात्मक बिकासको पहरेदारी गर्न नै महासचिवमा उमेदवारी दिएको वहाँले बताउनु भएको छ ।


साहित्यिक सस्थामा देखिने गलत आचरण, बिकृति र विसंगतिको अन्त्य गर्दै साच्चिकै संस्थालाई नेपाली भाषा कला र साहित्य प्रति लगनशील र मर्यादित गराउन नै मेरो उम्मेदवारीको मुख्य उद्देश्य हो ,स्पन्दनले बिज्ञप्तिमा भन्नु भएको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - २०:१६:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend