Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बेलायतस्थित आध्यात्मिक योग समूहद्वारा नेपालका संघसंस्थालाई सहयोग प्रदान

बेलायतस्थित आध्यात्मिक योग समूहद्वारा नेपालका संघसंस्थालाई सहयोग प्रदान

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
बेलायतस्थित आध्यात्मिक योग समूहद्वारा नेपालका संघसंस्थालाई सहयोग प्रदान

 


जीएनएन, लन्डन -

बेलायतस्थित व्यवसायीहरु आवद्ध स्वयंसेवी संस्था, आध्यात्मिक योग समूह, ले नेपालका विभिन्न संस्था तथा कलाकार समूहहरुलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

बिहीबार आयोजित एक भर्चुयल बैठकमा समूहका संयोजक कुल आचार्यले आफुहरुले नेपाली साढे तीन लाख बराबर रकम सामाजिक कामका लागि संकलन गरेको बताउनु भयो। जसमध्ये गुरु डा. चिन्तामणि योगी मार्फत रु एक लाख दांगस्थित शान्ति बाल गृह र सप्तरी स्थित बाबा बनखण्डी गुरुकूल; रु एक लाख देवघाट धामस्थित बालबालिकाको पठनपाठनका लागि, रु एक लाख दोहोरी कलाकारहरुका लागि र रु ५०,००० मुन्द्रे कमेडी क्लब मार्फत सामाजिक कामको लागि प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनु भयो।

सो अवसरमा मन्तव्य दिंदै काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले संसारमा जहाँ बसे पनि आफ्नी माता र जन्मभूमिलाई न बिर्सन आग्रह गर्नु भयो। जुनसुकै भाषा, सम्प्रदाय, समुदाय र जातिका भए पनि हामी नेपाली हौँ भन्दै उहाँले नेपाल दुख्दा म पनि दुखी बन्नु पर्छ र नेपाल हाँस्दा म पनि हाँस्न सक्नु पर्दछ, सर्बकल्याण खोज्न नसक्दासम्म आत्मकल्याण सम्भव हुदैन, त्यसैले साक्षी भाव राखेर आफुले आफैलाई हेर्नु पर्दछ, आफैसंग रम्नु पर्दछ भन्नु भयो ।

सो अवसरमा बोल्दै समूहका सक्रिय सदस्यहरु विश्वआदर्श पण्डित, डा. कपिल रिजाल, कृष्ण तिमल्सेना, पशुपति भण्डारी, कमल भण्डारी, सेवानिवृत्त क्याप्टेन हितमान गुरुङ, बिराज भट्ट, कृष्ण भट्ट लगायतका वक्ताले बेलायतमा लकडाउन शुरु भए पछि आफुहरुले नियमितरुपमा योग, ध्यान आदि अभ्यास शुरु गरेको र त्यो निकै लाभदायी भएको बताउनु भयो। यसरी सामाजिक काममा जोडिन पाउँदा निकै खुसी लागेको विचार व्यक्त गरिएको थियो।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - २०:५६:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend